आर्थिक समृद्धिका लागि लघु उद्योग

आर्थिक समृद्धिका लागि लघु उद्योग

  • बुधबार, असार २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

ललितपुर, २१ असार । सरकारी र गैरसरकारी निकायका प्रतिनिधि, लघु, घरेलु, साना तथा मझौला उद्यमीले साना उद्योगले मात्रै आर्थिक समृद्धि सम्भव नहुने बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रले आज आयोजना गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी–गर्भनर चिन्तामणि सिवाकोटीले लघु तथा घरेलु उद्यमीलाई आत्मनिर्भर बनाउनु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “लघु उद्योगको विकास गर्न सकेमा मुलुकको विकासमा सहयोग पुग्छ ।” मुलुकमा वित्तीय जागरण ल्याउन आवश्यक भएको उहाँको भनाइ थियो । वित्तीय साक्षरता सम्बन्धी रणनीति तयार गरी सरकारलाई बुझाएको सिवाकोटीले बताउनुभयो ।

उद्योग मन्त्रालयका सहसचिव पुरुषोतम नेपालले मुलुक राजनीतिक मुद्दाबाट आर्थिक मुद्दामा गएको बताउनुभयो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ अन्तर्गतको केन्द्रीय महिला समितिका अध्यक्ष रोशनी उपााध्यायले उद्यमीलाई आत्मनिर्भर बनाउने कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी