काठमाडौं ,असार २१ ।
आन्दोलनरात राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको बैठक बसिरहेको छ ।
राजधानीको विजुली बजार स्थित पार्टी केन्द्रिय कार्यालयमा जारी बैठकमा सरकारबाट बाहिरिने बिषयमा छलफल भईरहेको राजपा नेता केशव झाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकारलाई दिएको समर्थन फिर्ता चेतावनी दिएको राजपाले आजको बैठकमा उक्त बिषयमा छलफल गरी औपचारिक निर्णय गर्ने जनाएको छ ।
यस्तै आजको बैठक लगत्तै राजपाले निर्वाचन आयोगमा पुगी दल दर्ता गराउने तयारी पनि गरेको नेता झाले बताउनु भयो ।
राजपाको आजको बैठकले आगामी असोज २ गते हुने तेस्रो चरणको निर्वाचनको बारेमा आवश्यक रणनीति बनाउने पनि जनाएको छ ।
दुइ दिन यता जारी बैठकमा दल दर्ता सम्बन्धी प्रक्रिया, पार्टीको विधान निर्वाचन घोषणापत्र तथा समसामयीक राजनीतिक घटनाक्रमको बारेमा छलफल भइरहेको छ ।