काठमाडौं ,असार २१ ।
आन्दोलनरत राष्ट्रिय जनता पार्टीले आजै दल दर्ता गराउने भएो छ ।
आज अध्यक्षमण्डलको बैठक बसि निर्वाचन आयोगमा गएर दल दर्ता गर्ने तयारी गरिएको राजपा नेता केशव झाले जानकारी दिनुभयो ।
बैठक राजधानीको विजुली बजार स्थित पार्टी केन्द्रिय कार्यालयमा विहान ११ बजेका लागी बोलाईएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकारलाई दिएको समर्थन फिर्ता चेतावनी दिएको राजपाले आजकेो बैठकमा त्यस बारेमा औपचारिक निर्णय गर्ने नेता मनिष कुमार सुमनले जानकारी दिनु भयो ।
निर्वाचन आयोगमा दल दर्ताको तयारी गरेको राजपाको आजको बैठकले आगामी असोज २ गते हुने तेस्रो चरणको निर्वाचनको बारेमा आवश्यक रणनीति बनाउने जनाएको छ ।
दुइ दिन यता जारी बैठकमा दल दर्ता सम्बन्धी प्रक्रिया, पार्टीको विधान निर्वाचन घोषणापत्र तथा समसामयीक राजनीतिक घटनाक्रमको बारेमा छलफल भइरहेको छ ।