२ सय ९५ स्थानीय तहको मतपरिणाम सार्वजनिक

२ सय ९५ स्थानीय तहको मतपरिणाम सार्वजनिक

  • बुधबार, असार २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौ, असार २१ ।
दोस्रो चरणमा निर्वाचन भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तह मध्ये दुई सय ९८ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । जस मध्ये १ सय ३१ स्थानमा जीत हासिल गर्दै नेकपा एमाले पहिलो स्थानमा कायम छ ।

नेपाली कांग्रेस १ सय ११ स्थानमा विजयी भएको छ भने माअ‍ोवादी केन्द्रले ३६ स्थानमा जीत हासिल गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ स्थानीय तहमा जीत हासिल गरेको छ ।

अन्य १६ स्थानमा भने विभिन्न दल तथा स्वतन्त्र उमेदवार विजयी भएका छन् । मतगणना भइरहेका मध्ये प्रदेश नम्बर १ को १४ स्थानमा नेकपा एमालेले अग्रता लिएको छ भने कांग्रेसले ५ स्थानमा र माओवादी केन्द्रले १ स्थानमा अग्रता लिएको छ । अन्य १ स्थानमा अन्य दलको अग्रता छ ।

प्रदेश नम्बर ५ का ६ स्थानमा एमालेको अग्रता छ भने ३ स्थानमा नेपाली कांग्रेस अघि देखिएको छ भने बाँकी २ स्थानमा अन्य दलको अग्रता छ ।

प्रदेश नम्बर ७ मा भने नेकपा एमालेले ३ स्थानीय तहमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले एक स्थानमा मात्र अग्रता लिएको छ । माओवादी केन्द्रले २ स्थानमा अग्रता लिएको छ भने अन्य १ स्थानमा अन्य दलको अग्रता कायम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ