प्रचण्डले जुराईदिए अर्की दुलहि

प्रचण्डले जुराईदिए अर्की दुलहि

  • बुधबार, असार २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं ,२१ असार । प्रचण्ड निवास लाजिम्पाटको दृश्य हो, अस्ति सोमबारको । एकजना बेहुली थिइन्, अर्का बेहुला । उनीहरु पहिलोचोटी बेहुला–बेहुली बनिरहेका थिएनन् । बरु, नयाँ र कसिलो सम्बन्ध स्थापित गर्न पार्टीका सुप्रिम कमाण्डरकै घरमा जुटेका हुन् ।

जनवादी परम्पराअनुसार एकआपसमा बाँधिएर बिदा भएका हुन् । त्यो त अब प्रचण्डाको घरमा विवाह गरिहाल्नपर्ने कोही सदस्य बाँकी छैनन् । तर, सोमबार दुबैतिरको अभिभावक बन्दै एउटा सम्बन्ध जोडिदिएका छन् ।

सिन्धुपाल्चोक, चैतारा साँगाचोकगढी नगरपालिकामा हालै उपमेयर जितेकी जानुका पराजुली र प्रचण्डकै सचिवालयमा काम गरेका मनोहरी तिम्सिनाबीच सम्बन्ध बनाइएको थियो, त्यहाँ । प्रचण्ड प्रधानमन्त्री छँदै पत्नीको तनावले सचिवालयबाट राजीनामा लेखी केही समय विरक्तिएर हिँडेका उनले पूर्वपत्नीसँग सम्बन्धबिच्छेद गरिसकेका छन् । तत्काल नयाँ सम्बन्ध बनाउने योजना थिएन ।तर, विरक्तिएर हिँड्ने मान्छे कहाँ पुगेर कतिबेला कुनै अप्रिय निर्णयमा पुग्ला भन्ने चिन्ता लाजिम्पाटलाई भइरह्यो । आफ्ना छोराछोरीहरुको झैँ सचिवालयका मान्छेको चिन्ता गर्ने र सकभर टिट्टै लगनगाँठो जुराइहाल्ने व्यक्ति हुन् प्रचण्डपत्नी सीता ।

उनकै पहमा कुरा भएको हो, जानुकासँग । जानुका दोलखाका माओवादी नेता विशाल खड्काकी पूर्वपत्नी हुन् । २०६३ मंसिरमा उनीहरुबिच विवाह भएको थियो । तर, केही वाषर््मै छुटे । उनीहरुबिच गर्भपतन गराएको विषयमा समस्या आएको बताइन्छ । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ