काठमाडौं ,२१ असार ।
सरकार त फेरिनै नहुने, फलानो र चिलानो मन्त्री हुने भन्दै पैसा उठाउने गिरोह सल्बलाउने । मन्त्री बन्नलाई माथि बुझाउनुपर्ने भयो भन्दै पैसा माग्ने र उक्त रकम मन्त्री भइसकेपछि अनुदान वा कुनै शिर्षकबाट मिलाएर दोब्बर फिर्ता गर्नेसम्मको शर्त राखिने । अहिले काठमाडौं प्रहरी परिसरको हिरासतमाक यस्तै धन्दाका एकजना कमरेड जाकिएका छन् ।
जसलाई छुटाउन उपल्लोतहका शक्तिकेन्द्र नै शक्रिय छ । जनकपुरकी माओवादी सांसद प्रतीक्षा तिवारी मुखिया कृषि मन्त्री बन्ने भन्दै ताप्लेजुङका दीपेन्द्रकुमार शेर्पासँग पैसा उठाएका राजकुमार तामाङ हुन्, प्रहरी हिरासतामा जाकिने । माओवादी लडाकुका ब्रिगेड कमाण्डर र आजकाल वाईसिएलमा काम गर्ने काभ्रेका उनले एयरपोर्टमा ताप्लेजुङ पाथिभरा नामक गेष्ट हाउस खोलेका दीपेन्द्रसँग कृषि मन्त्रालयबाट ५० लाख अनुदान दिलाईदिने भन्दै २० लाख रुपैयाँ ठगेकी हुन् । हरिबोल गजुरेल कृषि मन्त्री हुँदा राधिका तामाङ राज्यमन्त्री थिइन् । राधिकासँग एकचोटी भेट पनि गराइदिए ।
भित्री मामिला नबुझेकी राधिकाले वाइसिएका साथीले भेट्न ल्याएको भन्दै दीपेन्द्रसँग राम्रो मिजासमा बोलिन् । तर, उनको कार्यकालभरि न दिएको पैसा फिर्ता भयो न, अनुदान नै पाए । त्यसपछि अहिले सरकारमा जनकपुरकी प्रतीक्षा कृषिमन्त्री हुनेबित्तिकै काम गरिदिने बचन दिइयो । तर, दीपेन्द्रले प्रतिक्षालाई चिनेका छैनन्, देखेका र भेटेका पनि छैनन् ।