कपिलवस्तु, जेठ २० ।
कपिलवस्तु शिवराज नगरपालिकाभरी अहिले शिवकुमारी थारुको चर्चा छ । स्थानीय थारु समुदायमा हुर्केकी २३ बर्षे शिवकुमारी उपमेयर पदमा विजयी भएपछि प्रदेशभरी नै उनको चर्चा छ ।
सामान्य परिवारबाट उठेकी शिवकुमारीले १७ बर्षको उमेरमै विहे गरेपनि उनी राजनीतिमा आउनु मात्रै हैन नेतृत्वदायी भुमिकामा नै आईन् ।त्यसो त सामाजिक कार्यकर्ता, शिक्षिका हुँदै सक्रिय राजनीतिक नेत्रीको रुपमा उनले आफूलाई विकास गरेकी हुन् । हालै सम्पन्न चुनावको बेला शिवकुमारीले एउटा भाषण गरेकी थिइन् । त्यही भाषणले पनि उनलाई आम स्थानीय जनतामाझ चिनायो । छोटो भाषणकै बीच स्थानीय मतदाताले उनलाई ‘नोटिस’ गरिसकेका थिए ।
त्यसक्रममा उनले परिपक्व राजनीतिज्ञ झैँ आमसभालाई निर्धक्क भएर सम्बोधन गरेकी थिइन् । उनको भाषणकै कारण पनि थुप्रै मतदाता प्रभावित भएको अहिले विश्वास गरिएको छ । उपमेयर जस्तो गहन जिम्मेवारी पाएपछि शिवकुमारीले जनताको काम गर्ने जिम्मा पाएको भन्दै भुमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
हेर्नुस् तीनै शिवकुमारीको त्यो शक्तिशाली भाषण