कसैको दुष्परचारबाट तरङ्गीत नहुन आग्रह गर्दै बाबुरामले भने : अबको पाँच बर्ष सक्रिय राजनिति गर्छु !

कसैको दुष्परचारबाट तरङ्गीत नहुन आग्रह गर्दै बाबुरामले भने : अबको पाँच बर्ष सक्रिय राजनिति गर्छु !

  • मङ्लबार, असार २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, असार २० ।

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आकाशै खसे पनि पातालै भासिए पनि अझै पाँच वर्ष सक्रीय राजनीतिक जीवन विताउने बताएका छन् ।

स्थानीय निर्वाचनमा नयाँ शक्तिको पक्षमा नतिजा नआएपछि डा. भट्टराईले नयाँ शक्ति पार्टीको नेतृत्व छाड्न लागेको हल्ला केही दिन देखि चलेपछि भट्टराईले त्यसको खण्डन गर्दै फेसबुक पेजमा लोकोक्ति उल्लेख गर्दै भनेका छन, ‘लोकोक्ति भन्छ– झिंगाको श्रापले डिंगा मर्दैन ! झुटको खेति गरेर जनतालाई ठग्दै आएका पत्रु शक्तिहरूले भर्खरै हुर्कंदै गरेको नयाँ शक्तिका विरूद्ध निरन्तर गाेयबल्सको दुस्प्रचारको हतियार प्रयोग गर्दै आएका छन ।’

उनले थप प्रस्ट्याएका छन, ‘हिजोआज अर्को झटारो हानेका छन– बाबुरामले नयाँ शक्ति र नेतृत्व छोड्ने रे ! बाराभको ६३ बर्षे उथलपुथलपूर्ण जीवनको इतिहासले भन्छ, उसले एकपटक अठोट गरेको कुरा पूरा नगरी बीचमा छोडेर कहिल्यै भाग्दैन ।’

जीवनको पहिलो चरणमा संविधानसभाबाट लोकतान्त्रिक गणतन्त्र ल्याउने अठोट गरेको र ४० बर्षको अथक परिश्रम पछि त्यो मिशन पुरा भएको भन्दै संविधानसभाबाट ल्याइएको लोकतान्त्रिक गणतन्त्रले देशको विकास र समृद्धिको ढोका खुलेको भट्टराईको तर्क छ ।

उनले भनेका छन, ‘जीवनको दोश्रो र अन्तिम चरणमा उसको अठोट छ– बागमती वा दरौंदीको किनारमा विसर्जित हुनुभन्दा पहिले उसले नेपाललाई तेश्रो विश्वको स्तरबाट पहिलो विश्वको स्तरमा पु¥याउन योगदान गर्नेछ ! त्यसैको निम्ति यो नयाँ शक्तिको स्थापना हो ।

यसलाई कमसेकम ५ बर्षसम्म हुर्काएर सक्षम नयाँ पुस्तालाई हस्तान्तरण नगरी उसले विश्राम लिदै लिदैन । चाहे आकाश खसोस, पाताल भासियोस !’ सबै शुभचिन्तकलाई ढुक्क हुन र कसैको दुष्परचारबाट तरङ्गीत नहुन भनेका छन । उनले लेखेका छन, ‘कसैको दुस्प्रचारबाट तरङ्गीत नहुनुहोस, सम्झनोस्– कुकुर भुक्दै गर्छ, हात्ती लस्कदै गर्छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ