बाढीपहिरोको क्षति रोक्न सांसदको माग

बाढीपहिरोको क्षति रोक्न सांसदको माग

  • मङ्लबार, असार २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौँ, २० असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले बाढीपहिरोबाट देशका विभिन्न भागमा जनधनको क्षति भइरहेकाले यसको रोकथामका लागि दीर्घकालीन उपाय अवलम्बन गर्न ध्यानाकर्षण गराउनुभएको छ ।

वर्षा र भूमण्डलीय तापमानका कारण सप्तरी, सिन्धुपाल्चोक, धादिङ, कास्कीलगायतका जिल्लामा बढीपहिरो, भारतीय बाँध, अतिवृष्टि, खण्डवृष्टिका कारण स्थानीयवासी प्रभावित हुनु परेकाले व्यवस्थित बस्ती प्रणाली स्थापना गरी पीडितलाई उचित क्षतिपूर्ति दिन उहाँहरुले माग गर्नुभयो ।

सांसदहरुले तराईका सीमावर्ती क्षेत्रमा भारतीय बाँध थुनिँदा नेपाली भूभाग जलमग्न भएकाले यस सम्बन्धमा नेपाल सरकारले कूटनीतिक पहलबाट भारत सरकारसँग संवाद गर्नुपर्नेमा जोड दिनुभयो ।

यसरी ध्यानाकर्षण गराउनेहरुमा नेपाली काँग्रेसका मोहनबहादुर बस्नेत, तेजुलाल चौधरी, नेकपा (एमाले)का कृष्णभक्त पोखरेल, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र सांसद डिलबहादुर नेपाली हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ