हरिनगरा गाउँपालिकामा काँग्रेस विजयी

हरिनगरा गाउँपालिकामा काँग्रेस विजयी

  • मङ्लबार, असार २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

इनरुवा, २० असार । सुनसरीको हरिनगरा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ ।

नेपाली काँग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवार भएका गफार अन्सारीले पाँच हजार ६६२ मत ल्याएर विजयी हुनु भएको हो । उहाँले सङ्घीय समाजवादी फोरमका हेमनारायण मेहतालाई दुई हजार २७ मतले पराजित गर्दै विजयी हुनुभएको हो । फोरमका मेहताले तीन हजार ६३५ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा पनि काँग्रेसकै रिमझिम भगत विजयी हुनुभएको छ । रिमझिमले पाँच हजार ९६ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँले एमालेकी सुनितादेवी मेहतालाई दुई हजार १३१ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको छ । मेहताले दुई हजार ९७५ मत प्राप्त गर्नुभएको छ ।

हरिनगरामा जम्मा सातवटा वडा रहेकामा १, २, ४, ७ नम्बर वडामा नेपाली काँग्रेस विजयी भएको छ भने ५ नम्बर वडा अध्यक्षमा एमाले र सदस्यमा नेपाली काँग्रेसका उम्मेदबार विजयी भएका छन् । त्यसैगरी, ३ नम्बर वडामा सङ्घीय समाजवादी फोरम विजयी भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ