यीनै हुन् घूससहित पक्राउ परेका विद्युत प्राधिकरणका सुपरभाइजर

यीनै हुन् घूससहित पक्राउ परेका विद्युत प्राधिकरणका सुपरभाइजर

  • सोमवार, असार १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES
एघार हजार रुपैयाँ घूससहित रंगेहात पक्राउ परेका विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रका सुपरभाइजर भगवानसागर भैलसँग बयान लिइँदै । घूस रकमको नोटको फोटोकपीमा हस्ताक्षर गर्दै विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रका सुपरभाइजर भगवानसागर भैल । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर ,१९ असार ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रस्थित नयाँ मिटर वितरण फाँटका सुपरभाइजर भगवानसागर भैललाइ ११ हजार रुपैयाँ घूससहित रंगेहात पक्राउ गरेकाे छ ।आयोगको अनुसन्धान टोलीले भैललाई सेवाग्राहीबाट बुझिलिएको एघार हजार रुपैयाँसहित सोमबार उहाँको कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो ।

काभ्रेको बनेपा निवासी भैलले भक्तपुरको सूर्यविनायक नगरपालिका ६ कटुञ्जे सल्लाघारीका एक सेवाग्राहीसँग मिटरको क्षमता बढाउन एघार हजार रुपैयाँ घूस लिनुभएको थियो । मसला पिन्ने उद्योग सञ्चालन गर्दै आउनुभएका मिलन राईले १५ एम्पियर क्षमताको मिटर प्रयोग गर्दै आउनुभएको थियो । उक्त मिटरको क्षमता ३० एम्पियर बनाउन नयाँ मिटर वितरण फाँटमा पटकपटक धाउँदा पनि आफ्नो काम नभएपछि राईले अख्तियार गुहार्नुभएको हो ।
पटकपटक मिटरको क्षमता बढाउन आउँदा काम गर्नुको सट्टा सुपरभाइजर भैलले उल्टै पैसा मागेको बुझिएको छ । सेवाग्राही राईका अनुसार प्राधिकरणको नियमानुसार लाग्ने शुल्क तिर्दा पनि मिटरको क्षमता बढाउन भैलले घूस माग्नुभएको थियो ।

राईको उजुरीअनुसार सोमबार विद्युत प्राधिकरण पुगेका अख्तियारको अनुसन्धान टोलीले आरोपी भैललाई नियन्त्रणमा लिएर उहाँसँग बयान लिएको छ । त्यस्तै राईले बुझाएको एघार हजार रुपैयाँ र त्यसको फोटोकपी तथा पैसामा लगाइएको रसायन परीक्षण गरिएको थियो ।
सबै परीक्षणबाट अख्तियारमार्फतको एघार हजार रुपैयाँ नै भैलको साथबाट बरामद भएपछि भक्तपुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष श्यामकृष्ण खत्री, स्थानीय प्रहरीको रोहबरमा भैललाई नियन्त्रणमा लिइएको छ ।
अख्तियारका प्रवक्ता जीवराज कोइरालाले नियन्त्रणमा लिइएका भैलमाथि आयोगले विशेष अदालतमा घूस लिएको भ्रष्टाचार मुद्दा चलाउने जानकारी दिनुभयो ।

एघार हजार रुपैयाँ घूससहित रंगेहात पक्राउ परेका विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रका सुपरभाइजर भगवानसागर भैलसँग बयान लिइँदै । घूस रकमको नोटको फोटोकपीमा हस्ताक्षर गर्दै विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रका सुपरभाइजर भगवानसागर भैल । तस्बिर : ईश्वरकाजी खाइजू

एघार हजार रुपैयाँ घूससहित रंगेहात पक्राउ परेका विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रका सुपरभाइजर भगवानसागर भैलसँग बयान लिइँदै । घूस रकमको नोटको फोटोकपीमा हस्ताक्षर गर्दै विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रका सुपरभाइजर भगवानसागर भैल । तस्बिर : ईश्वरकाजी खाइजू

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ