हाइटेन्सनमुनि जग्गा खाली गर्न निर्देशन

हाइटेन्सनमुनि जग्गा खाली गर्न निर्देशन

  • सोमवार, असार १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौँ, १९ असार । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उपत्यकाका नगरपालिकालाई ठूलो ‘हाइटेन्सन लाइनमुनि’ का केन्द्रबाट दायाँबायाँ २५÷२५ फिट जग्गा खाली गराउन निर्देशन दिएको छ ।

मन्त्रालयले आज उपत्यकाका नगरपालिकालाई पत्राचार गरी यस्तो निर्देशन दिएको प्रवक्ता रुद्रसिंह तामाङले राससलाई जानकारी दिनुभयो ।

“हाइटेन्सन लाइनमुनि’का केन्द्रबाट दायाँबायाँ २५÷२५ फिट जग्गामा कुनैपनि भौतिक संरचना निर्माण स्वीकृति दिँदा पालना गर्नुपर्ने मापदण्ड बमोजिम गर्न र त्यस्तो मापदण्डको पालना नगरी कुनै संरचना बनेको भए अनुगमन गरी भत्काउन उपत्यकाका सबै नगरपालिकालाई निर्देशन दिइएको छ”–उहाँले भन्नुभयो ।

‘हाइटेन्सन लाइन’ मुनिका केन्द्रबाट दायाँबायाँ २५ फिटमा बनेका संरचना भत्काउन स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले असार ४ गते सचिवस्तरीय निर्णय गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी