काठमाडौँ, १९ असार । महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले आज आव २०७३÷७४ को लेखापरीक्षण सम्बन्धमा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल, सो बैंकका उच्च पदाधिकारीहरु तथा लेखापरीक्षकहरुसँग छलफल गर्नुभयो ।
महालेखा परीक्षकको कार्यालयका अनुसार छलफलका क्रममा महालेखा परीक्षक शर्माले नेपाल राष्ट्र बैंकलाई लेखापरीक्षणको कार्यमा सहयोग गर्न, आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत पार्दै नियमनकारी कार्यलाई प्रभावकारी बनाउन निर्देशन पनि दिनुभयो ।
त्यसैगरी, महालेखापरीक्षक शर्माले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीसहितको टोलीसँग नेपाल नागरिक उड्डयन प्राधीकरण, नेपाल वायुसेवा निगम, नेपाल पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष तथा अन्तर्गतका नियकाहरुमा लेखा, लेखापरीक्षण, आन्तरिक नियन्त्रण तथा अन्य विषयमा देखिएका समस्याहरुबारे समेत छलफल गर्नुभयो ।
त्यस क्रममा ती कार्यालयहरुको आन्तरिक नियन्त्रण प्रणालीमा सुधार गर्ने, आन्तरिक लेखापरीक्षणलाई प्रभावकारी बनाउने, तोकिएको ढाँचामा समयमै वित्तीय विवरणहरु तयार गरी समयमै लेखा परीक्षण सम्पन्न गराउने र बक्यौता लेखापरीक्षण भदौ मसान्त भित्रै सम्पन्न गर्ने गरी काम कारबाही गर्न निर्देशन दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline