१९ असार, काठमाडौं ।
बाबुराम भट्टराई आफैले बनाएको नयाँ शक्ति पार्टीको नेतृत्व युवापुस्तालाई हस्तान्तरण गर्ने मनस्थितीमा पुगेपनि पार्टीका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले चाहिँ प्रचण्ड र उपेन्द्र यादव लगायतसँग मोर्चा बनाएर एउटै चिह्नमा चुनावमा जानुपर्ने लाइन अघि सारेका छन् ।
आज एक अनलाईसँगको कुराकानीमा नेता पौडेलले भट्टराईले पार्टी छोडेर अन्यत्रै जान्छु भन्न नखोजेको तर नयाँ पुस्ताले जिम्मेवारी लिनुपर्छ भनेर अनौपचारिकरुपमा भन्दै आउनुभएको स्वीकार गरेका छन् ।
एउटा बृहत् मोर्चा बन्नुपर्छ भन्ने पक्षमा रहेको भन्दै उनले खासगरी पछिल्ला परिवर्तनकारी शक्तिहरुसित पूर्वाग्रह राख्नुनहुने भएकाले संयोजक भट्टराईले नयाँ पुस्तालाई नेतृत्व लिन आग्रह गर्ने गरेपनि आफुहरुले अन्य शत्तिसँगको सहकार्यमा अघि बढ्नुपर्ने बताए ।
स्थानीय निकाय अघि देखि नै भट्टराईले यस्तो भन्दै आउनुभएको पौडेलको भनाई छ । उनले भनेका छन्, युवा पुस्ताले जिम्मेवारी लिएर जानुपर्छ भनेर उहाँले पहिलेदेखि नै भन्दै आउनुभएको हो । त्यसैको श्रृंखला हो । अहिले बाहिर जसरी हल्ला चलेको छ, त्यो सही होइन ।
देवेन्द्र पौडेल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा फर्किँदै छन् भन्ने कुरा भने हल्लामा मात्रै सिमित रहेको बताए तर एउटा बृहत् मोर्चा बन्नुपर्छ भन्ने पक्षमा रहेकोले खासगरी पछिल्ला परिवर्तनकारी शक्तिहरुसित पूर्वाग्रह राख्नुहुन्न भन्ने आफ्नो सिधा कुरा भएको बताए ।
पछिल्ला परिवर्तनकारी शक्तिहरुले आफूलाई बलियोसँग उभ्याएर गणतन्त्र ल्याए, संविधानको घोषणा गरे, उनीहरुकै कारणले परिवर्तन आएको हो । तर, उनीहरु चाहिँ पछि पर्ने र मोर्चा नबन्ने अनि त्यसमा पुरानैको हावी हुने हो भने परिवर्तनको प्रवाह सही ठाउँतिर जाँदैन ।
संघीय समाजवादी फोरम राजपा सम्मले पनि केही परिवर्तनका कुराहरु गरेको भन्दै पौडेलले भने अब माओवादीका सबै हाँगाहरु मिल्नुपर्छ । पछिल्ला परिवर्तनकारी शक्तिहरुले आफूलाई बलियोसँग उभ्याएर गणतन्त्र ल्याए, संविधानको घोषणा गरे, उनीहरुकै कारणले परिवर्तन आएको हो । तर, उनीहरु चाहिँ पछि पर्ने र मोर्चा नबन्ने अनि त्यसमा पुरानैको हावी हुने हो भने परिवर्तनको प्रवाह सही ठाउँतिर जाँदैन । त्यसैले यिनीहरुका बीचमा मोर्चा हुनुपर्छ भन्ने हाम्रो भनाइ हो ।