काठमाडौ , १९ असार ।
गृहमन्त्री जनार्दन शर्माले अध्यागमनबाट आतंककारी र आपराधिक पृष्ठभुमिका व्यक्तिहरु नेपाल छिर्न सक्ने भएकाले गम्भीर बन्न अध्यागमनका कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।
अध्यागमन विभागमा आज ‘नेपाल इमिग्रेसन’ नामक मोवाइल एप्सको सार्वजनिक गर्दै गृहमन्त्री शर्माले अध्यागमन राष्ट्रिय सुरक्षासँग जोडिएको स्थान भएकाले सजग र इमान्दार बन्न कर्मचारीलाई निर्देशन दिनुभएको हो ।
अध्यागमनलाई कमजोर भए मुलुकमा आतंकवादी र आपराधिक ब्यात्तिहरु छिर्न सक्ने भन्दै मन्त्री शर्माले भन्नुभयो , ‘म राष्ट्रिय सुरक्षासँग कुनै कम्प्रमाइज गर्न सक्दिन, सजग भएर काम गर्नुहोस’,
गृहमन्त्री शर्माले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालय सहितका अन्य नाकाहरुमा चरम विकृति र विसंगति रहेकाले कर्मचारीले आफ्नो आचरण नसुधारे कारवाही भोग्न तयार हुन चेतावती पनि दिनुभयो ।
अपारदर्शी र नैतिकहिन काम गरेर अध्यागमनका कर्मचारीले राष्ट्रको बेइज्त गरेको भन्दै उहाँले राष्ट्रिय सुरक्षाप्रति संवेदनशिल भएर काम गर्न अध्यागनका कर्मचारीलाई निर्देशन दिनुभयो ।
पर्यटक भिसामा खाडी मुलुक जान कडाइ गरे पनि एयरलाइन्स, प्रहरी र अध्यागमनका कर्मचारीको सेटिङमा दैनिक जसो कामदारहरु खाडी मुलुक गईरहेको भन्दै मन्त्री शर्माले भन्नुभयो , यस्ता विकृती तत्काल बन्द गर्नुहोस ।’
नाकामा बस्ने अध्यामगनका कर्मचारीको व्यवहार र कार्यशैलीबाट पर्यटकले नेपालको बारेमा पहिलो धारणा बनाउने भएकाले इमान्दार बन्नु पर्नेमा पनि जोड दिनुभयो ।
गृहमन्त्री शर्माले सार्वजनिक गरेको मोवाइल एप्समा अध्यागमनका ऐन, नियमावली लगायत समेटिएको छ । एप्सको माध्यमबाट अध्यागमनको बारेमा सुचना र आवश्यक जानकारी लिन सक्नेछन ।
पर्यटकले अव उप्रान्त एप्सको माध्यमबाट डिर्पाचर र अराइभल फारम समेत डिजिटल रुपमा भर्न सक्ने छन । विभागले अध्यामगन सुधार रणनीतिक योजना अन्र्तगत मोवाइल एप्स सार्वजनिक गरिएको हो । गृहमन्त्री शर्माले कार्यक्रमपछि अध्यागमन विभागका हिरासत कक्ष सहित विभिन्न विभागको निरिक्षण गर्नुभएको थियो ।