के तपाई लाइसेन्स लिने सोचमा हुनुहुन्छ ? जान्नुहोस् यस्तो आउदैछ नयाँ नियम

के तपाई लाइसेन्स लिने सोचमा हुनुहुन्छ ? जान्नुहोस् यस्तो आउदैछ नयाँ नियम

  • सोमवार, असार १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, असार १९ ।

सवारी साधनको लाईसेन्स लिने सोचमा हुनुहुन्छ ? यदि त्यो हो भने अब सवारी अनुमति परीक्षा फरक ढंगले दिनुपर्नेछ ।

ट्राफिक महाशाखाले चालक अनुमति पत्रको लागि नयाँ नियम लागु गर्न लागेकोे हो । लिखित र ट्रायल पास भएपछि लाइसेन्स पाइने नियम परिवर्तन गरि ‘रोड टेस्ट’ अनिवार्य रुपमा पास गर्नुपर्ने जनाइएको छ ।

‘रोड टेस्ट’ अन्तर्गत लाईसेन्स लिन चाहने ब्यक्तिले एक घण्टा रोडमा सवारी कुदाउनुपर्नेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्था विभागसँगको सहकार्यमा नयाँ नियम लागू गर्न लागेको हो।

लिखित परीक्षा पछि ह्याण्डलिङ टेस्ट, रोड टेस्ट र ट्राफिक अवेरनेस टेस्ट हुने भएको छ । यदी रोड टेस्टमा फेल भएमा लिखित परीक्षा मात्रै नदिई अरु पुनः दिनुपर्ने भएको छ ।

केही दिनपछि नै लागू गर्नेगरी तयारी अन्तिम अवस्थामा पुगेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । विकसित धेरै देशहरुमा यस्तै व्यवस्था रहेकाले वैज्ञानिक बनाउन नेपालमा पनि लागू गर्न लागिएको ट्राफिक प्रहरी महाशाले जनाएको छ ।
यस्तै काठमाडौंमा बढ्दो धूलो कम गर्न उपत्यकाका चारवटै नाकामा वासिङ सेन्टर राखिने महाशाखाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी