काठमाडौं, असार १९ ।
दोस्रो पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नचिनेका मान्छेलाई मात्रै तपाई भनेर सम्बोधन गर्छन् । नत्र उनी सबैलाई तिमी नै भनेर बोल्छन् ।
यसअघि प्रधानमन्त्री बन्ने चर्चा चलिरहेका बेला जब बालुवाटारमा एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपि ओली र र प्रधानमन्त्री तथा काग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भयो ।
प्रधानमन्त्री पदबाट राजीनामा दिनुअघि भएके भेटवार्तामा ओलीले प्रचण्डलाई सोधे, ‘तपाईँले अहिले नै किन छोड्नुपर्यो ? केही समय अझै चलाए हुन्छ नी ।’
तत्कालै देउवा पड्किँदै ओलीतिर हेरेर भने, ‘ए बाबा म प्रधानमन्त्री हुँदा तिमीलाई के को टाउको दुखाइ ?’
केही बर्षअघि नयाँ बानेश्वरस्थित तत्कालिन संविधानसभा भवनको प्रांगणमै उभिएर मस्तसित चुरोट पिएको तस्वीरले देउवालाई निकै विवादमा तानेको थियो । उक्त हर्कतको धेरै आलोचना भएपनि उनले गम्भीर रुपमा नलिएर ठट्टामा उँडाइदिए ।
उनै प्रधानमन्त्री शेरबहादुर देउवा आईतवार साझ त्यस्तै एउटा अनौठो हर्कत देखाए । प्रधानमन्त्री जस्तो सम्मानित पदमा रहेका उनी एक सामान्य नागरिकले सोधेको प्रश्नको जवाफ सहि तरिकाले नदिएर उल्दै हप्काउदै रिसाए ।
बिबिसीका लागि उनले दिएको अन्तरर्वार्तामा दर्शकहरुसँग प्रस्तुत भएको असभ्य तरिकाको अहिले चौतर्फी आलोचनामा छन् देउवा । अन्तरर्वार्ताको क्रममा सहभागीका प्रश्नको उत्तर त दिन सकेनन् नै, असभ्य शैलीमा उत्रिए पनि ।
उनको आक्रोश र उत्तेजनाको धेरैले सामाजिक संजालमा आलोचना गरेका छन् । यतिसम्म की, धेरैले देउवाले कतिपय प्रश्नको उत्तर त हासेरै उडाएका छन् ।
केही गम्भीर प्रश्नमा समेत देउवाले जवाफ दिन नसक्नुले प्रधानमन्त्री पदकै खिल्ली उडेको रुपमा धेरैले ब्याख्या गरेका छन् ।
यता देउवाको यस्तो हर्कतलाई कतिपयले छिमेकी मुलुक भारतको पश्चिम बंगालकी मूख्य मन्त्री ममता बनर्जीसँग दाजेर पनि आलोचना भएक छन् ।
उनले पनि सार्वजनिक सुनुवाइको एक बनर्जीलाई केही विद्यार्थीले सोधेका प्रश्नमा उत्तर नै दिन सकेनन् ।
बनर्जी उल्टै प्रश्नकर्ताहरुबिरुद्ध मात्रै खनिइनन् ती बिद्यार्थीहरुलाई ‘माओवादी’ भएको आरोप लगाउँदै उत्तर नदिने भन्दै कार्यक्रमस्थलबाटै बाहिरिएकी थिइन् । फरक समयका अन्तरवार्ता भए पनि दुई छिमेकी मुलुक नेपाल र भारतका मुख्य पदमा रहेका जनप्रतिनिधिहरुले देखाएको हर्कत हास्यास्पद छ ।
सायद संयोग हो यो । तर देउवा र बनर्जीको शैली उस्तै छ । प्रजातन्त्रका हिमायती ठान्ने यी दुवै नेताहरु आफूलाई असहज लाग्ने प्रश्नको जवाफ दिनु पर्दा जनताहरुसँग नै आक्रोशित बन्ने गर्छन् र आलोचित बन्ने गरेका छन् ।
देउवाको आईतवार साझको हर्कत सायद जनताले कहिलै भुल्ने छैनन् ।
हेर्नुस् देउवा र बेनर्जीका यी दुई अन्तरवार्ता
गालकी मूख्य मन्त्री ममता बनर्जी :
https://youtu.be/XDMR3bl-1eA