प्रकाश सिग्देल/चितवन,असार १९।
नेपाल कम्युनिस्ट पाटी चितवनले पुर्वी चितवन खैरहनी १२ मा रहेको मार्कनटायलको ८४ बिघा जग्गा कब्जा गरेको छ ।
पाटिका जिल्ला ईन्चार्ज लालबहादुर बि.सीले एक बिज्ञप्ती जारी गरी बिगत ५९ साल देखी पाटीको कब्जामा रहेको जग्गा अहिले बिभिन्न भु माफियाले चलखेल गरी किनबेचको तयारी भएको पाईएकाले पुन आफनो पाटिको नियन्त्रणमा लिएको जनाएका छन् ।
सिसैको बिरुवा रहेकोमा त्यो बिरुवा पनि फडानी गरी पाटिको अनुमति बेगर पोखरी समेत निमार्ण गरी उपभोग समेत भएको र अहिले पुन जग्गा किनबेच गर्न प्रयास भएको पाईएकाले भु माफियाको गलत कार्यरोक्न पाटिले कब्जा गरेको बिज्ञप्तीमा उल्यख छ ।
कुनै पनि ब्यात्ती वा संघ संस्थाले उपभोग गर्ने र चलखेल गर्ने प्रयास गरेमा कडा कारबाहि हुने बिज्ञप्ती मार्फत चेतावनि दिईएको छ ।
यता जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दिपक थापाले त्यस स्थानमा खतरा भनेर लेखेर राखेको बस्तु र झण्डा गाडेर छोडेको देखेपछी प्रहरी गएर हटाएको बताउनु भयो । यहिले त्यस्तो कुनै पनि बस्तु नरहेको उहाको भनाई छ ।
