काठमाडौं,१९ असार । नदी प्रदूषित भएको भन्दै २०१६ हप्तादेखि वागमती सफाइ अभियान सुरु भइरहेको छ । यो अभियानमा सर्वसाधरणदेखि विभिन्न पेशाका व्यक्तिहरु सहभागी छन् वागमती सफाइमा सबै एकजुट भएर लागिरहेको बेला सामाजिक छवि बनाएका गिनेचुनेका व्यक्तिहरु भने बागमती सफाइ होइन, फोहोर गर्नतिर लागिरहेको पाइएको छ । यो पंक्तिमा जनताका प्रतिनिधि सांसददेखि स्वस्थ जीवनशैलीका लागि प्ररित गर्नुपर्ने दायित्व बोकेका अस्पताल समेत छन् ।
विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट सांसद बनेका बरिष्ठ शिक्षासेवी बाबुराम पोखरेल भिएर निकेतन, ग्लोरियस इंगलिस मिडियम स्कूल र शंकर इन्टरेसनल स्कूलसहित सम्बद्ध रहेका व्यक्तिमाथि नै बागमित फोहोर गरेको आरोप कारवाही गरिएको खबर छ ।
विभिन्न प्राज्ञिक, खेलकुद एवं सामाजिक संघ संस्थामा सक्रिय बाबुराम पोखरेल त्यस्ता सांसद हुन्, जसले केही वर्षदेखि सञ्चालन हुँदै आइरहेको बागमती सफाइ अभियानलाई नकारात्मक असर पार्ने काम गर्दै आइरहेको आरोप खेप्दैछन् ।
सामाजिक उत्तरदायित्वको पाठ अरुलाई सिकाउनुपर्ने समाजसेवीमा गनिएका सांसद पोखरेलले विशिष्ट व्यक्ति र सर्वसाधरणले सफा गर्दै आइरहेको त्यही बागमती नदीमा फोहोर फालेर सांसद पद र वरिष्ठ शिक्षासेवीको गपगरीकै खिल्ली उडाएको आरोप छ । आजको साँघु साप्ताहिकमा समाचार छ ।