फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेको जितः ३ वडामा काँग्रेसको प्यानल विजयी

फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेको जितः ३ वडामा काँग्रेसको प्यानल विजयी

  • सोमवार, असार १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

१८ असार, २०७४ ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) ले जितेको छ । यो सँगै पछिल्लो मत परिणाम अनुसार एमालेले ५ र नेपाली काँग्रेस ३ स्थानीय तहको मुख्य पद जितेका छन् ।
आइतबार राती सार्बजानिक भए अनुसार, अन्तिम मत परिणाबाट लिम्बू गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् । लिम्बूका प्रत्यासी नेपाली काँग्रेसका मणि प्रसाद लाबुङले १ हजार ६६५ ल्याउँदा एमालेका लिम्बूले १ हजार ९९८ मत ल्याई ३३३ मतान्तरले लाबुङलाई लिम्बूले पछि पारेका छन् ।
नेकपा (एमाले) ले उपाध्यक्ष सहित ४ ओटा वडामा जित हात पारेको छ । एमालेले खेजेनिम (२), तापेथोक (५), लेलेप (६) को वडाध्यक्ष जितेको छ भने, नेपाली काँग्रेसले ओलाङचुङगोला (७), लिङखिम (३) र इखाबु (४) वडामा विजयी भएको छ । नेकपा (माओवादी केन्द्र) ले सावादिन (१) वडामा जितेको छ ।
एमालेका अध्यक्षमा सरोज लिम्बू र उपाध्यक्ष फुलमाया लिम्बू दुइओटै पदमा विजयी भएका छुन् ।

सिरिजंगामा नेपाली काँग्रेसको जित

पछिल्लो पटक आईतबार दिउँसो सिरिजंगा गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका टिकाराम गुरुङले २ हजार ३४६ मत ल्याई अध्यक्ष पदमा विजयी भएका छन् भने गुरुङका प्रत्यासी अनन्त बहादुर साँबाले २ हजार १४७ मत प्रप्त गरेका छन् ।
यो समाचार तयार पार्दासम्म सिदिङबा गाउँपालिकाको नतिजा आउन बाँकी छ । अब ताप्लेजुङमा एमालेले ५ र काँग्रेसले ३ स्थानीय तहमा विजयी प्रप्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ