प्रदेश चुनावमा कसले क–कसलाई भोट हाल्न पाउँछन् ? हेर्नुस् , यस्तो छ संवैधानिक व्यवस्था

प्रदेश चुनावमा कसले क–कसलाई भोट हाल्न पाउँछन् ? हेर्नुस् , यस्तो छ संवैधानिक व्यवस्था

  • आइतवार, असार १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, असार १८ । दोस्रो चरणको स्थानीय निर्वाचन सकिएसँगै अब प्रदेश र संघीय निर्वाचन चर्चा सुरु भएको छ । दुई नम्बर तहमा स्थानीय निर्वाचन नै बाँकी भए पनि आगामी माघ ७ गतेभित्र प्रदेश र संघको निर्वाचन गराइसक्नैपर्ने संवैधानिक बाध्यताका कारण पनि प्रदेश र संघीय निर्वाचनकाे चर्चा बढेकाे हाे ।

सरकारले पनि माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गराइसक्ने प्रतिवद्धता व्यक्त गरेको र निर्वाचन आयोगले पनि निर्वाचनको मिति मागिसकेको छ। तर, अझै धेरै नागरिक अनविज्ञ छन् कि, प्रदेश र संघको चुनावमा कस्ता मान्छे उम्मेदवार हुन पाउने हुन् र क–कसले भोट हाल्न पाउने हुन् ?

कतिपयले स्थानीय तहमा निर्वाचितहरुले मात्रै प्रदेश चुनावमा भाग लिन पाउने भन्ने बुझाइ राखेका छन् । त कतिले प्रदेश चुनावबाट निर्वाचितले मात्रै संघको निर्वाचनमा भाग लिन पाउने भन्ने बुझेका छन् । यसबारे सरकारले नागरिकलाई प्रष्ट पार्न सकेको छैन ।

यस्तो छ संवैधानिक व्यवस्था

संवैधानिक व्यवस्थाअनुसार प्रदेश र संघः दुबैको निर्वाचनमा आममतदाताले मतदान गर्न पाउँछन् । अर्थात्, स्थानीय तह निर्वाचनमा मतदान गरेकाहरुले नै प्रदेश सांसद र संघीय संसदका लागि मतदान गर्ने हुन् ।

विभिन्न दल र स्वतन्त्रबाट उम्मेदवारी दिएकालाई १८ वर्ष पुगेका र प्रदेशको क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण नेपाली नागरिकलाई मतदानको अधिकार हुने संविधानमा उल्लेख छ ।

सबैभन्दा पहिला सरकारले निर्वाचन क्षेत्र निर्धारण गर्नेछ । जुन असार मसान्तभित्र गरिसक्नुपर्ने हो । जिल्लामा निर्वाचन क्षेत्र निर्धारण भइसकेपछि प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना प्रदेश सदस्यका लागि निर्वाचन हुनेछ ।

जसमा दलहरुले उम्मेदवारी दिनेछन् । प्रदेश सभामा प्रतिनिधित्व गर्ने ६० प्रतिशत सदस्य प्रतक्ष्य निर्वाचनबाट निर्वाचित हुनेछन् भने ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणलीबाट चुनिनेछन् । तर, एउटै व्यक्ति दुई वटा निर्वाचन क्षेत्रबाट उम्मेदवार हुन पाउँदैनन् ।

प्रदेशसभामा निर्वाचित सदस्यहरुबाट प्रदेशसभाको सभामुख र उपसभामुख चुनिनेछन् । प्रदेशसभाबाटै प्रदेशको मुख्यमन्त्री चुनिनेछन् । र, प्रदेशसभामा मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीहरु मनोनीत हुनेछन् । संघीय संसदको निर्वाचनमा पनि सम्पूर्ण मतदातादे मतदान गर्न पाउनेछन् । जसमा एक सय ६५ निर्वाचन क्षेत्रबाट एकएक जना सांसद र बाँकी समानुपातिक गरी कुल दुई सय ७५ सांसद चुनिनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ