१८ असार, अछाम । दोस्रो चरणको स्थानीय चुनावमा स्थानीय तहको प्रमुखमा केवल १ मतको अन्तरले अछाममा नेकपा एमालेले जितेको छ ।
अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार हर्कबहादुर साउद १ मतको अन्तरले विजयी भएका छन् । साउदले नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर साउदलाई १ मतले पछि पार्दै विजयी भएका हुन् ।
उपाध्यक्षमा भने कांग्रेसकी माया कुँवर विजयी भएकी छन् । उनले ३ हजार १ सय ७३ मत पाउँदा एमालेकी सुशीला बोगटी ३ हजार १ सय १ मत पाएर पराजित बनिन् ।निर्वाचित साउदले ३ हजार एक सय ३८ मत ल्याए भने नेपाली कांग्रेसका भीम साउदले ३ हजार १ सय ३७ मत प्राप्त गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline