पोखरामा भिषण बर्षा : २ जानको मृत्यु , जमिन भासिएपछि पोखराबासी त्रसित

पोखरामा भिषण बर्षा : २ जानको मृत्यु , जमिन भासिएपछि पोखराबासी त्रसित

  • आइतवार, असार १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

पोखरा , १८ असार ।

आईतवार राति परेको भिषण बर्षपछि आएको पहिरोमा परी पोखरामा दुई जनाको मृत्यु भएको छ ।

पोखरा लेखनाथ महानगरपालिका १८ पस्याङपाखामा बर्षा संगै घर पछाडिबाट ढिस्को खसेर तारापति अधिकारीको घरको एउटा कोठा पुरिएर गुल्मी घर भइ ठूली आमाको घरमा बस्दै आएका १४ बर्षीय टंक क्षेत्रीको मृत्यु भएको हो।

पहिरो क्षेत्रबाट उद्धार गरी अस्पताल लग्दै गर्दा उनको मृत्यु भएको स्थानीय केशवराज न्यौपानेले जानकारी दिनु भयो।

आधा शरीर पुरिएकी धनमाया अधिकारी भने बाँच्न सफल हुनभएको छ। परिवारका एक मात्र छोरा टंक ठूली आमाको घरमा बसेर पस्ङ्को धर्मस्थली निमावि कक्षा ८ मा अध्ययनरत थिए ।अन्य सदस्य भागेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिनुभयो।

यस्तै  पोखरा १९ अकलादेवीको मन्दिर नजिकै गएको पहिरोले पुरिदा ४० वर्षीया शोभा पोडेलको ज्यान गएको छ। ब्लकले बनेको भान्छा कोठामा काम गर्दै गर्दा पहिरोले बगाएको पौडेलको शव आज बिहान घर भन्दा एक सय मिटर तल भेटिएको बताइएको छ।

भान्छा कोठा नजिकैको पक्की घरमा सुत्नु भएका उहाँका छोरा भने सकुशल छन् ।  सँगै गएराति नै बर्षापछि बढेको फुस्रे खोलाले बगाएर पर्वतको तिलहार घर भएकी लीलाकुमारी लामिछाने बेपत्ता भकी छन् ।

रोपाई गरेर छोरीको घरमा फर्कने क्रममा खोला तर्दा लामिछानेलाई खोलाले बगाएको  प्रवक्ता खत्रीले जानकारी दिनुभयो।

सँगै पोखरा १६ बाटुलेचोर, पोखराको विन्ध्यवासिनी र पोखरा १७ छोरेपाटनमा बर्षा पछि बस्ती नजिकै जमीन भासिएको छ। पोखराको छोरेपाटनमा पानीको निकास नबनाई गरिएको प्लटिङमा बनेका घर डुवानमा परेका छन्। पोखरा ५ ठूली पोखरी आसपासका क्षेत्रमा पनि पानीको निकास नुहँदा बस्ती डुवानमा परेको छ। पोखरा १२ माटेपानीमा शुक्रबार राति पहिरो गएकै ठाउँमा शनिबार राति परेको ठूलो बर्षापछि थप ठूलो पहिरो जाँदा चापापानी बस्ती र माटेपानी गुम्वा थप जोखिममा परेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ