युद्ध पत्रकार ज्वाला मेल्लेख गाउँपालिकाको अध्यक्षमा निर्वाचित

युद्ध पत्रकार ज्वाला मेल्लेख गाउँपालिकाको अध्यक्षमा निर्वाचित

  • आइतवार, असार १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

१८ असार,अछाम । मेल्लेख गाउँपालिकाको अध्यक्षमा पत्रकार लोकबहादुर बोहरा ‘ज्वाला’ निर्वाचित भएका छन् ।

माओवादी केन्द्र-काँग्रेस गठबन्धनका उम्मेदवार बोहराले नेकपा एमालेका डम्बर नेपालीलाई ५१६ मतले पराजित गरेका हुन् । बोहराले ४ हजार ५ सय ८ मत ल्याउँदा नेपालीले ३ हजार ९ सय ९२ मत ल्याए ।

यस्तै उपाअध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका धनबहादुर शाहाले ४ हजार ४ सय ८ मत ल्याएका छन् भने एमलेबाट उपाध्यक्ष पदका उमेद्वार समिता महर साउदले ४ हजार २ सय मत ल्याएकी छन् ।

शाहले महरलाई ४ सय ६ मतले पछि पार्दै उप प्रमुखमा बाजी मारेका हुन् ।

नवनिर्वाचित अध्यक्ष बोहरा जनयुद्धका युद्ध पत्रकार हुन् । उनले जनादेशबाट पत्रकारिता सुरु गरेका थिए । जनयुद्धको क्रममा जनादेशको पश्चिम संस्करणमा काम गरेका बोहरा हाल ‘हाम्रो मुक्ति यात्रा’ राष्ट्रिय मासिकका सम्पादक समेत छन् ।

त्यसैगरी बान्नीगढीमा काँग्रेस माओवादी गठबन्धन बिजयी काँग्रेसका राजेन्द्र वहादुर खड्का अध्यक्षमा २ हजार ७ सय ९३ मत ल्याएर विजयी भएका छन् ।

एमालेका कमल तिमेल्सेनाले २ हजार ३ सय १९ मत प्राप्त गरे । उपाध्यक्षमा गठबन्धनवाटै नेकपा माओवादी केन्द्रकै लोकेन्द्र साउदले २ हजार ४ सय ३६ प्राप्त गरी विजयी भएका छन् । उपाध्यक्षमा एमालेकी निर्मला रावलले २ हजार ३ सय ८१ मत ल्याएकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ