पहिरोमा पुरिएर एक बालकको मृत्यु, तीन बेपत्ता

पहिरोमा पुरिएर एक बालकको मृत्यु, तीन बेपत्ता

  • आइतवार, असार १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ ,१८ असार ।
कास्कीको पोखरामा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ मा गएराति खसेको पहिरोमा परि १४ बर्षिय बालकको मृत्यु हो ।

पहिरोमा पुरिएर मृतयु हुनेमा स्याङजा घर भई हाल पोखरा बस्दै आएका १४ बर्षीय टंक क्षेत्री रहेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।

घरका अन्य सदस्य भने भागेर ज्यान जोगाउन सफल भएको बताइएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ प्रस्र्याङपाखामा रहेको तारापति अधिकारीको ब्लकले बनेको दुई तले कच्चीघर पहिरोमा पुरिएको हो ।

यसैबीच पर्वतको महाशिला गाउँपालिका वडा नं १ मा पहिरोले घर बगाउँदा एकै परिवारका तीनजना बेपत्ता भएका छन् । स्थानीय ६३ वर्षीय तीर्थबहादुर मल्लको घर गएराति पहिरोले बगाएको हो ।

घर बगाउँदा मल्लसहित उनकी आमा ८० वर्षीया बेलकुमारी मल्ल र श्रीमती ५५ वर्षीया यम कुमारी मल्ल बेपत्ता भएको प्रहारीले जनाएको छ । घरमाथिबाट आएको पहिरोले घर र गोठ पुरेको छ ।

पहिरोले स्थानीय तीलबहादुर मल्लको गोठ समेत पुरिएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय हुवासबाट प्रहरी निरीक्षकको नेतृत्वमा उद्दार टोली पठाई सकिएको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ