गृहमन्त्री जनार्दनका ज्वाई दाङबाट पराजित , पूर्व सिचाई मन्त्रीको क्षेत्रमा एमाले विजयी

गृहमन्त्री जनार्दनका ज्वाई दाङबाट पराजित , पूर्व सिचाई मन्त्रीको क्षेत्रमा एमाले विजयी

  • आइतवार, असार १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

दाङ, असार १८ ।

बि.स.२०५४ सालमा दाङको गोवरडिया गाविसबाट अध्यक्ष पदमा विजयी एमालेका सहजराम यादव अहिलेको स्थानीय तह निर्वाचनमा सोहि गाउँपालीको अध्यक्ष बनेका छन् ।

उनले विजयी यात्रालाई निरन्तरता मात्र दिएनन् नेकपा माओवादी नेता तथा गृहमन्त्री जनार्दन शर्माका ज्वाई लुमाकान्त न्यौपानेलाई हराए ।
यादव ३ हजार ६७७ मत ल्याएर विजयी भए भने माओवादी केन्द्रका लुमाकान्त न्यौपानेले ३ हजार ३०४ मत प्राप्त गरे । त्यस्तै, काग्रेसका श्रीपत चौधरीले तीन हजार २१ मत प्राप्त गरे ।

यस्तै, उपाध्यक्ष एमालेकै शान्ति चौधरी विजयी भएकी छिन् । उपाध्यक्षमा एमालेका शान्ति चौधरीले ३ हजार ५३५ मत प्राप्त गरिन् भने कांग्रेसकी सकुन्तला जिसीले ३ हजार ४३० मत ल्याइन र माओवादी केन्द्रकी रामकुमारी चौधरीले ३ हजार १९७ मत ल्याएकी थिइन् ।

उता काग्रेसको पकड क्षे नै मानिने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निवर्तमान सिचाई मन्त्री दिपक गिरीको क्षेत्रमा नेकपा एमाले विजयी भएको छ । गिरीको क्षेत्र दंगीशरण गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार भागीराम चौधरी भएका हुन् ।

चौधरीले ३ हजार १६१ मत प्राप्त गरेर चुनाव जितेका हुन् भने उपाध्यक्षमा एमालेकै सिमा न्यौपानेले २६ मतले चुनाव हार्नु पर्यो ।
दंगीशरणमा कांग्रेसका उम्मेदवार यज्ञनारायण आचार्यले २ हजार ८४१ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसकी पिमा खड्काले २ हजार ९६७ मत प्राप्त गरेर विजयी भइन भने एमालेकी सिमा न्यौपानेले २ हजार ९४१ मत प्राप्त गरेकी थिइन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ