आलोक माबोहाङ् लिम्बू/१८ असार, ताप्लेजुङ ।
ताप्लेजुङको स्थानीय तहको अन्तिम मत परिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा (एमाले) ४ र नेपाली काँग्रेस २ स्थानीय तहको मुख्य पद जित्न सफल भएका छन् ।
आईतबार बिहान घोषणा भए अनुसार ताप्लेजुङको एक मात्र नगरपालिका फुङलिङ नगरपालिकामा नेकपा एमालेका छत्रपति प्याकुरेल ३ हजार ८९८ मतले विजयी भएका छन् । उनका प्रत्यासी नेपाली काँग्रेसका केशव प्रसाद दाहालले ३ हजार ६०६ ल्याएका छन् । त्यस्तै संघीय लिम्बुवान मञ्चका कृतिमान मादेनले ७ सय ८८ मत ल्याउँदा स्वतन्त्र २ उमेदवारले क्रमश खगेन्द्र पोर्तेल र छविन्द्र गुरुङले ११ र १३ ल्याएका छन् ।
उता याङवरक गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का केशर मेन्याङबो विजयी भएका छन् । यो सँगै नेकपा एकालेले ४ स्थानीय तहमा विजयी गरेको छ भने नेपाली काँग्रेस २ मा विजयी भएको छ । यस अघि नेपाली काँग्रेसले आठराई त्रिबेणी गाउँपालिका र मेरिङदेन गाउँपालिकाको अध्यक्ष पदमा विजय प्राप्त गरेको छ । विश्वनाथ सिटौला २ हजार २२७ मत ल्याएर विजयी भएका छन् । त्यस्तै सिटौलाक निकटतम प्रतिद्वन्दी नेकपा एमलेका लक्ष्मी बहादुर यक्सोले २ हजार २१४ मत ल्याएका छन् । सिटौला १३ मतको झिनो मतान्तरले विजयी भएका हुन् ।
त्यस्तै मेरिङदेन गाउँपालिकामा पनि नेपाली काँग्रेस र नेकपा माओवदी केन्द्रका अध्यक्ष उमेदवार गणेश चोङबाङ पनि विजयी भएका छन् । चोङबाङले २ हजार ३०० मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मंगलसिंह केदेमले २ हजार १८५ मत प्रप्त गरेका छन् ।
नेकपा (एमाले) मैवाखोला गाउँपालिकाको अध्यक्षमा राजन कुमार थक्लुङ सहित उनको प्यानल र मिक्वाखोला गाउँपालिका अध्यक्ष पदमा रामकुमार साँबा १ हजार ४८४ मतका साथ निर्वा्चित भएका छन् । साँबाका प्रतिद्वन्दी भक्त बहादुर कार्कीले १४५९ मत प्रप्त गरेका छन् ।
शनिबार मध्यान्नपछि मत गणना शुरु भएको फक्ताङ्लुङ गाउँपालिकाको मत गणना जारी छ । पछिल्लो मत परिणाम अनुसार सो गाउँपालिकामा नेपाली काँग्रेसले ३ ओटा र एमालेले १ वडा अध्यक्षमा जितेको छ । सिरिजंगा, सिदिङबा र फक्ताङ्लुङ गाउँपालिकाको नतिजा आउन बाँकी छ । यी ३ गाउँपालिका मध्ये सिरिजंगा गाउँपालिकाको अन्तिम मत परिणाम घोषणा छिट्टै हुदैछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline