कमल सरगम
काठमाण्डौ ।
नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै फेरी अर्को धमाकेदार तीज कोशेली सांगीतिक बजारमा आएको छ ।चर्चित गायिका देविका केसीको प्रस्तुतिमा बजारमा आएको “नैना रेशम”गीतमा स्वर देविका केसी र सन्दिप न्यौपानेको रहेको छ ।नेपाली गीत संगीत क्षेत्रका शिखर पुरुस चर्चित सर्जक करण न्यौपानेको उत्कृष्ट लय सृजनामा बजारमा आएको गीतमा शब्द टुरिष्ट जंग बिष्ट बिकले गरेका भरेका हुन् ।गीतमा अभिनय पछिल्लो पटक अत्यन्तै चर्चामा रहेकी मोडल अन्जली अधिकारी र सन्दिप न्यौपानेले गरेका छन् ।बब्बु थापाको निर्देशनमा तयार पारिएको गीत निकै मौलिकता झल्किएको पाईन्छ ।गीतको म्यूजिक भिडियो छायांकन भने दुर्गा पौडेलले गरेका हुन् ।भिडियो निकै उत्कृष्ट बनेको छ ।मनोज कार्कीको सम्पादनमा तयार पारिएको भिडियो हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=R9SMaUIb7Xs]