३३ घण्टादेखि बन्द छ मुग्लिङ सडक , यात्रुको बिचल्ली

३३ घण्टादेखि बन्द छ मुग्लिङ सडक , यात्रुको बिचल्ली

  • शनिबार, असार १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

चितवन ,१७ असार ।

लगातारको बर्षपछि आएको पहिरोका कारण चितवनको नारायणगढ– मुग्लिन सडक खण्ड ३३ घण्टा देखि अवरुद्ध भएको छ ।

उक्त सडक खण्डको इच्छाकामना गाउँपालिका ६ कालीखोलामा खसेको पहिरोका कारण यातायात अबरुद्ध हुनुका साथै यात्रु तथा सवारी साधन बीच बाटोमै रोकिएका छन् ।

शुक्रबार राती ८ बजेबाट खसेको पहिरो अहिले सम्म पन्छाउने काम भईरहेको छ । सडक अबरुद्ध भएपछि आज मध्यान्ह हिडेर सडक पार गर्ने क्रममा सर्लाहीस्थित मदनपुर ६ का २२ बर्षीय भिखारी चौधरी पहिरोमा परि त्रिशुली नदिमा खसेर बेपत्ता भएका समेत भएका छन्

पोखराबाट सर्लाही तर्फ जाँदै गरेका चौधरी पहिराले सवारी रोकिएको जानकारी पाए पछि मुग्लिन झरेर पैदल जाने क्रममा बाटोमा पहिरोमा परि त्रिशुलीमा खसेको जिल्ला प्रहरी प्रमुख एसपि दिपक थापाले बताउनुभयो ।

पहिरो पन्छाउन अहिले ४ वटा स्काईभेटर दुबै तर्फबाट प्रयोग गरिएको छ । पहिरोले ५० मिटर बाटो ढाकेको छ । पटकरपटक त्यही ठाउँमा खस्दा सडक अवरुद्ध भएको हो ।

शुक्रबार बिहान झरेको पहिरो पन्छाउन नपाउदै कालीखोलाबाट मुग्लिनतर्फको ५ सय मिटर दूरीमा दिउसो अर्को ठूलो पहरो खसेपछि यातायात सञ्चालन हुन सकेको थिएन् ।

राती फेरी अहिले सम्मकै सबैभन्दा ठुलो पहिरो खसेको जानकारी दिदै जिल्ला ट्राफिक प्रमुख सन्तोष पन्तले बाटोमै रोकिएका सवारीलाई दासढुंगा, रामनगर, नारायणगढ, पारसबसपार्क लगायतको स्थानमा रोकेर राखेको बताउनु भयो । अहिले दुवै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पन्छाउन अझै २ घण्टा लाग्ने एसपी दीपक थापाले जानकारी दिनुभयो ।

पहिरोले यातायात बन्द भए पछि अहिले १५ किलोमिटर सम्म सवारी लाईन लागेको छ । ट्राफिक प्रमुख पन्तका अनुसार झण्डै ४ हजार मालबाहक सबारी बाटोमै रोकीएको छ ।

मालबाहक ट्रक सुरक्षित स्थानमा पार्किङ गराइएको छ । मुग्लिन–नारायणगढ सडक आयोजनाका इन्जिनियर शिव खनालले बेलुका ८ बजेसम्म पहिरो पन्छाएर रातिबाटै यातायात खुलाउने प्रयास गरे पनि सम्भव नभएको बताउनुभयो ।

नारायणगढ–मुग्लिन सडक खण्डको जुगेडीदेखि मुग्लिनसम्मको २९ स्थान पहिरोको जोखिम भएको सडक आयोजनाले जनाएको छ ।

यसैबीच पश्चिम र पूर्वबाट काठमाडौँ आउने केहि सवारी साधनलाई भने त्रिभुवन राजपथबाट सञ्चालनमा ल्याईएको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ