पहिरो पार गरेर गाडि चड्ने योजना , तर बिचैमा त्रिशुलीले तान्यो !

पहिरो पार गरेर गाडि चड्ने योजना , तर बिचैमा त्रिशुलीले तान्यो !

  • शनिबार, असार १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

चितवन, १७ असार ।
नारायणगढ– मुग्लिन सडक खण्डमा पैदल हिँडिरहेका एक यात्रु चिप्लिएर त्रिशूली नदीमा खस्दा बेपत्ता भएका छन् ।

आज मध्यान्ह १२ बजे सडकमा हिडिरहेका सर्लाही मदनपुर– ६ का २१ वर्षीय भिखारी चौधरी त्रिशूली नदीमा खसेर बेपत्ता भएका हुन् ।

उक्त सडक खण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ५ स्यालीबजारबाट चौधरी एक सय मिटर तल त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मुग्लिनबाट २ दशमलव पाँच किलोमिटर नारायणगढ तर्फ शुक्रबार बिहानबाट पहिरो खसेर सडक अवरुद्ध भएपछि पैदल हिँड्दै आएका उनी चिप्लीर नदिमा खसेका हुन् ।

पोखराबाट घरतर्फ जान आउँदै गर्दा तनहँुको आँबुखैरहनीमा बसबाट झरेर हिँड्दै आउने क्रममा घटना भएको प्रहरीले जनाएको छ । पहिरो कटेर बस चढ्ने योजना सहित हिडेका चौधरी बीचबाटोमानै त्रिशूलीमा खसेका हुन् ।

उनको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजीकार्य जारी राखेको छ । सोही सडकमा थप पहिरो आएपछि भाग्ने क्रममा हिजो पनि एक जनाको त्रिशूलीमा खसेर मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ