तिनाहुँ र पूर्वखोला गाउँपालिकामा एमाले विजयी

तिनाहुँ र पूर्वखोला गाउँपालिकामा एमाले विजयी

  • शनिबार, असार १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

पाल्पा, १७ असार । पाल्पाको तिनाहुँ गाउँपालिका र पूर्वखोला गाउँपालिकाका अध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ ।

तिनाहुँ अध्यक्षमा एमालेका यमबहादुर घर्ती दुई हजार आठ सय १९ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका महेन्द्र पाण्डेयले दुई हजार सात सय सात मत ल्याउनुभएको छ ।

गाउँपालिकाका उपाध्यक्षमा एमालेका दमन्ती थापा दुई हजार आठ सय ७५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसका मन कार्कीले दुई हजार छ सय ८६ मत पाउनुभएको छ ।

त्यस्तै पूर्वखोला अध्यक्षमा एमालेका नुनबहादुर थापा आठ हजार आठ सय ३६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसका झमनराज मगरले एक हजार ३२ मत ल्याउनुभएको छ ।

गाउँपालिका उपाध्यक्षमा एमालेका भागीरथी भट्टराई पाँच हजार चार सय मत ल्याई विजयी हासिल गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसका पुष्पा गाहाले एक हजार एक सय ४३ मत पाउनुभएको छ ।

यस्तै रामपुर नगरपालिका वडा नं २ मा काँग्रेस र ९ मा एमालेको पूरै समूह विजयी भएका छन् । वडा नं २ मा काँग्रेसका ताराबहादुर थापासहितको समूह विजयी भएको छ । थापाले पाँच सय ६८ र उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का पदमबहादुर कुमालले तीन सय २७ मत ल्याउनुभएको छ ।

त्यसै गरी वडा नं ९ मा एमालेका इच्छाराम सिञ्जालीसहितको समूह निर्वा्चित भएको छ । सिञ्जालीले छ सय ६७ उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसका ज्ञानबहादुर गाहाले पाँच सय ७१ मत पाउनुभएको छ । वडा नं १ र १० को शुक्रबार नै मत परिणाम सार्वजनिक भइसकेको छ भने अहिले वडा नं ३ र ८ को मतगणना भइरहेको छ ।

निस्दी गाउँपालिकामा एमालेका मुक्तबहादुर सारु विजयी हुनुभएको छ । उहाँले पाँच हजार तीन सय २० र उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका शालिकराम पाण्डेयले दुई हजार दुई सय ५३ मत ल्याउनुभएको छ ।

यस्तै गाउँपालिका उपाध्यक्षमा एमालेकै रीता अर्याल निर्वा्चित हुनुभएको छ । अर्यालले पाँच हजार दुई सय ५६ र उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बलु गैरेले दुई हजार एक सय ८५ मत पाउनुभएको छ ।

निस्दी गाउँपालिकाका सात वटा वडामध्ये १ र ७ मा काँग्रेसको समूह तथा २, ३, ४, ५ र ६ मा एमालेको समूह विजयी भएको निर्वाचन अधिकृत कार्यालयका प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

वडा नं १ मा काँग्रेसका पूर्णबहादुर खाँण, २ मा एमालेका पूर्णबहादुर बाकाबल, ३ मा लक्ष्मीप्रसाद पाटा मगर, ४ मा नीरबहादुर सुनारी, ५ मा भीमबहादुर सुनारी, ६ मा मेखबहादुर सुनारी तथा ७ मा काँग्रेसका गगनसिं सोती निर्वा्चित हुनुभएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा अन्य स्थानीय तहको मतगणना जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ