सोलुखुम्बु , १७ असार ।
सोलुखुम्बुको दुधकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नै एमालेले जितेको छ ।
गाउँपालिका अध्यक्षमा एमालेका बुद्धिकिरण राईले २ हजार १ सय ९१ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका भोजराज कार्कीले १ हजार ५ सय ९९ मत पाउनु भएको छ ।
उपाध्यक्षमा एमालेकै जुनिता मगर २ हजार २ सय ६२ मत सहित विजयी हुनुभयएको छ । उहाँकी निकटतम प्रतिद्धन्दी उम्मेदवार उम्रिता राईको १ हजार ६ सय ८ मत आएको छ ।
उक्त गाउँपालिकामा ५ हजार ४ सय ४१ मत खसेकोमा ३ सय ४५ मत बद्धर भएको छ ।
जम्मा ७ वडा मध्ये एक वडामा माओवादी केन्द्र, चार वडामा नेकपा एमाले र दुई वडामा नेपाली काग्रेसले जीत हातपारेको छ ।
जसमध्ये वडा नं १ मा माओवादी केन्द्रका अगम सिंह राई सहित प्यानल विजयी भएको छ भने वडा नम्बर २ मा नेकपा एमालेका तेजबहादुर मगर, ३ मा एमालेका नारायणकाजी कार्की, ४ मा एमालेकै डबल सिंह राई सहित सम्पुर्ण प्यानल विजयीभएको छ ।
यस्तै वडा नं। ५ मा नेकपा एमालेका ङिमराज तामाङ र अन्य सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं। ६ मा नेपाली कांग्रेसका दिनेश कुमार राई र वडा नं। ७ मा नेपाली कांग्रेसका सगुजीत राईको प्यानलनै विजयी भएको छ ।