ताप्लेजुङ , १७ अअसार ।
तेह्रथुमको म्याङलुङ नगरपालिका ५ आमदीममा पहिरोले वगाउँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । घरमाथी वाट खसेको पहिरोले घर वगाउँदा अन्य तीन जना गम्भिर घाईते भएका छन् ।
मृत्यु हुनेमा ५० वर्षिया कुमारी लिम्वु, उनकी ९ वर्षीय नातीनी प्रिती र ७ वर्षिय नाती प्रेम लिम्वु रहेका छन् ।
पहिरोमा परी कुमारीका भाईहरु ४० वर्षीय सोमकुमार र ३५ वर्षिय तेज कुमार लिम्वु र नातीनी १५ वर्षिय पञ्चकुमारी लिम्वु गम्भीर घाईते भएको सशस्त्र प्रहरी वल म्याङलुङ गुल्म जिरीखिम्तीका प्रहरी नायव उपरीक्षक प्रदिपसिह कार्कीले वताउनुभयो ।
घाईतेको नेपाल प्रहरी , सशस्त्र र स्थानीयवासीले उद्धार गरीरहेका छन् । खेतमा लगाउन घरमाथिवाट लगेको कुलोको पानी थुनिएर गएराति पहिरो खसेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline