तीन सय सात तहको मतगणना सुरु, २५ स्थानीय तहको मत गणना हुन बाँकी

तीन सय सात तहको मतगणना सुरु, २५ स्थानीय तहको मत गणना हुन बाँकी

  • बिहिबार, असार १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौँ, १५ असार । दोस्रो चरणअन्तर्गत बुधबार सम्पन्न भएको ३३४ स्थानीय तहको निर्वाचनमध्ये ३०७ स्थानीय तहको मत गणना सुरु भएको छ ।

तीमध्ये २५ स्थानीय तहको मत गणना सुरु हुन बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

उच्च पहाडी र हिमाली जिल्लाका विकट मतदान स्थलका मतपेटिका हेलिकप्टरबाट ल्याइएको र ताप्लेजुङ जिल्लाको एउटा मतदान स्थलको मतपेटिका सङ्कलन हुने क्रममा रहेको प्रवक्ता शर्माले बताउनुभयो ।

बुधबार मतदान स्थगित भएका रुपन्देही जिल्ला कोटहिमाही गाउँपालिका वडा नं १ र बझाङको जयपृथ्वी नगरपालिका वडा नं ३ को पाण्डु मावि मतदान केन्द्रमा भोलि मतदान हुने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

यसैगरी विराटनगर र सुनसरीमा मतगणना अनुगमनका लागि सहसचिव सुशील कोइरालाको नेतृत्वमा केन्द्रीय अनुगमन टोली खटाएको आयोगले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ