काठमाडौं ,असार १५।
काठमाडौं महानगरपालिकाले आज देखि महानगर भित्र रहेका जेष्ठ नागरिक स्वास्थ्योपचार तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको छ ।
जेष्ठ नागरिकलाई जीवन प्रति सकारात्मक एवं रोगको निदान गरी स्वस्थ जीवन बाँच्न प्रेरित गर्ने उद्देश्यले महानगरको वडा नं १ नक्सालबाट जेष्ठ नागरिक स्वास्थ्योपचार तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरिएकोे काठमाडांै महानगरले जनाएको छ ।
जेष्ठ नागरिकले रकम अभावका कारण रोग लुकाएर बस्नु नपरोस् भन्ने हेतुले जेष्ठ नागरिकको घरघरमा नै गएर सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरिएको महानगरले आज एक विज्ञप्ती जारी गर्दै जानकारी दिएको हो ।
जसका लागि महानगरले एक जना डाक्टर, एक जना स्टाफ नर्स, एक जना अनमी र एक जना अहेव गरी चार जनाको टोली ८८ वर्ष उमेर पुरा भएका ५ सय ९६ जेष्ठ नागरिकको घरमा पठाएको जनाएको छ ।
महानगरले कामलाई प्रभावकारी बनाउन भन्दै महानगरको ३२ वटा वडालाई ८ क्षेत्रमा विभाजन गरी कार्य अघि बढाइएको जनाएको छ ।