पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडकखण्डमा बिहानदेखि यातायात सञ्चालन

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडकखण्डमा बिहानदेखि यातायात सञ्चालन

  • बिहिबार, असार १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

रत्ननगर (चितवन), १५ असार । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा खसेको पहिरो पन्छाएर आज बिहान ५ बजेदेखि यातायात सञ्चालनमा आएको छ ।

चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार गएराति १० बजे कालीखोलाको विभिन्न स्थानमा खसेको पहिरो पन्छाएर बिहान ५ बजेदेखि बाटो खुलाइएको हो । गएरातिको पहिरोले यहाँ सात घन्टा यातायात अवरुद्ध भएको जनाइएको छ ।

पहिरोका कारण राति १० बजे थुनिएका सवारी अहिले गन्तव्यतर्फ गइरहेको मुग्लिन प्रहरीले जनाएको छ । प्रहरी टोली नै खटाएर गाडी व्यवस्थित बनाई पठाउन थालिएको छ । यातायात सहज हुन अझै केही घन्टा लाग्ने प्रहरीले जनाएको छ । पहिरोको उच्च जोखिम क्षेत्र मानिएको कालीखोलामा असार महिना लागेपछि १० पटकभन्दा बढी पहिरो खसिसकेको छ ।

यही असार ९ गते कालीखोलामा खसेको पहिरोले एउटा प्रहरीको जिप र ट्रकसमेत बगाएको थियो । सो घटनामा तीन प्रहरीको मृत्यु भएको छ भने एक प्रहरी बेपत्ता छन् ।

सो क्षेत्र मुग्लिन सडकबाट करिब दुई–तीन किमी नारायणगढतर्फ पर्दछ । मुग्लिन सडकमा मानवीय जोखिम बढेपछि केही दिनअघि मात्रै संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारी सहितको टोलीले स्थलगत अनुगमन गरी काम छिटो गर्न र जोखिम कम गर्ने निर्देशन दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ