बझाङ र अछाममा एमाले र काग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्धारा हवाई फायर

बझाङ र अछाममा एमाले र काग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्धारा हवाई फायर

  • बुधबार, असार १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

अछाम, असार १४ ।

स्थानीय तह अन्तरगत दोस्रो चरणको निर्वाचनमा प्रदेश नं ७ को बझाङ र अछामका दुई केन्द्रमा मतदान राकिएको छ ।

बझाङको जयपृथ्वी नगरपालिका २ को पाण्डु उच्च मावि मतदान केन्द्रंमा कंग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ ।
अशक्तको मत वारिस मार्फत हाल्ने विषयमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा कांग्रेस उम्मेदवार प्रेम खड्का सहित तीन जना घाइते भएका जनाईएको छ ।

झडपपछि मतदान कार्य रोकिएको छ । मतदान स्थललाई अहिले सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ ।

एमाले कार्यकर्ताले आक्रमण गरेको कांग्रेसले आरोप लगाएको छ ।

त्यसैगरि अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ६ मा एमाले र माओवादी कार्यकर्ताबीच झडप भएको छ । झडप नियन्त्रण्मा लिने क्रममा प्रहरीले हवाई फायर गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ