धनगढी, १४ असार ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षाका लागि खटिएको प्रहरी टोली सवार जिप दुर्घटना हुँदा नौ जना प्रहरी घाइते भएका छन् ।
जिप्रका कैलालीबाट प्रधानमन्त्री देउवाको स्कर्टिङका लागि गएको गाडि धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्ग अन्तर्गत पर्ने कैलालीको फल्टुडेमा आज दुर्घटनामा परेको हो ।
कैलालीको चुरे गाउँपालिका ६ सहजपुरमा स्कर्टिङमा गएको से १ ज १३०५ नम्बरको गाडि घुमाउरो मोडमा पल्टिएको जनाईएको छ ।
घाईतेमध्ये दुई जनाको अवस्था केही गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता वीरबहादुर बुुढा मगरले बताउनुभयो ।
प्रधानमन्त्री देउवा आफ्नो गृह जिल्ला डडेलधुरामा मतदान गरी धनगढीतर्फ आउन लाग्नुभएको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline