दाङ , १४ असार ।
दाङको तुलसीपुर ३ अम्बास मतदान केन्द्रलाई लक्षीत गरी अज्ञात समूहले फालेको बम एक प्रहरी हवल्दारले भूँइमा नखस्दै मतदान केन्द्र भन्दा बाहिर फालिदिएका छन् ।
मतदान सुरक्षार्थ खटिएका प्रहरी हवल्दार गोरेबहादुर रानाले मतदान केन्द्रलाई लक्षित गरी अज्ञात समूहले फालेको बम भूँइमा खस्न नपाउँदै मतदान केन्द्रभन्दा बाहिर फालेका हुन् ।
उक्त बम हवल्दारले समातेर फालको दुई सेकेण्डमै पड्किएको थियो । हवल्दारले समातेर मतदान केन्द्रभन्दा बाहिर फालेकाले बम पड्किए पनि कुनै क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।
हवल्दार रानाले बम समातेर मतदान केन्द्र भन्दा बाहिर नफालेको भए मतदान स्थलमा क्षति पुग्ने भए पनि उहाँको साहसले कुनै क्षति नभएको प्रहरीको भनाइ छ ।
सुरक्षाकर्मीले उक्त मतदान केन्द्रका मतदातालाई निधक्क मतदान गर्न आग्रह गरेको छ ।
चर्चामा हवल्दार राना !
अम्बास मतदान केन्द्रको बुथ सुरक्षामा रहेका रानाले ज्यानको प्रवाह नगरी अज्ञात समूहले फालेको बम भूँइमा नखस्दै हातले समातेर मतदान केन्द्र भन्दा बाहिर फालिदिएपछि उनको चर्चा चुलिएको छ।
सुन्दा अचम्म लाग्ने साहस प्रहरी हवल्दार गोरेबहादुर रानाले गरेका हुन् । हवल्दार रानाले ठूलो साहसका साथ बुथमा फालिएको बमलाई हातले समातेर फालेर बुथ र मतदातालाई सुरक्षित राखेका हुन् ।
मतदान केन्द्रलाई लक्षित गरी अज्ञात समूहले फालेको बम रानाले भूँइमा खस्न नपाउँदै मतदान केन्द्रभन्दा बाहिर फालेका हुन् । अज्ञात समूहले फालेको उक्त बम हवल्दारले समातेर फालको दुई सेकेण्डमै पड्किएको थियो ।
हवल्दारले समातेर मतदान केन्द्रभन्दा बाहिर फालेकाले बम पड्किए पनि कुनै क्षति हुन पाएन। हवल्दार रानाले बम समातेर मतदान केन्द्र भन्दा बाहिर नफालेको भए मतदान स्थलमा क्षति पुग्ने भए पनि उहाँको साहसले कुनै क्षति नभएको प्रहरीको भनाइ छ।