काठमाडौँ, १४ असार ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं १, ५ र ७ का मा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
पैँतीस जिल्लाका ३३४ स्थानीय तहको निर्वाचनका लागि आज बिहान ७ बजेदेखि मतदान जारी छ ।
प्रारम्भिक विवरणमा आठ हजार तीन सय ६४ मतदान केन्द्रमध्ये केही केन्द्रमा वर्षातको कारणले मतदान सुरु हुन ढिलाइ भएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माबाट जारी विज्ञप्तिमा पूर्वी पहाडका केही स्थानमा वर्षात् भए पनि मतदाता शान्तिपूर्वक मतदानका लागि उपस्थित रहेको जनाईएको छ ।
स्थानीय तहहरुका मतदान केन्द्रको व्यवस्थापन गरी स्थानीयस्तरमा नै त्रिपाल लगायत सामग्री र मतदान केन्द्रलाई व्यवस्थित गर्न राजनीतिक दल, स्थानीय नागरिक समाजलगायतबाट प्राप्त सहयोगप्रति आयोगले धन्यवाद व्यक्त गरेको छ ।
दोस्रो चरणमा एक महानगरपालिका, सात उपमहानगरपालिका, एक सय ११ नगरपालिका, दुई सय १५ गाउँपालिकामा गरी १५ हजार ३८ प्रतिनिधि निर्वा्चित हुनेछन् । तीमध्ये ४१ जनप्रतिनिधि भने निर्विरोध निर्वा्चित भइसकेका छन् ।