मोरङको भारतीय सीमा क्षेत्रमा संयक्त गस्ती सुरु

मोरङको भारतीय सीमा क्षेत्रमा संयक्त गस्ती सुरु

  • मङ्लबार, असार १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

विराटनगर, १३ असार ।असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय निर्वाचनलाई ध्यानमा राखी मोरङ जिल्लाको भारतसँग सीमा जोडिएको क्षेत्रमा नेपाल–भारत सीमामा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ ।

सीमा नाका बन्द भएसँगै दुवै देशका सुरक्षाकर्मीले सीमा क्षेत्रमा संयुक्त रुपमा गस्ती सुरु गरेका छन् । मोरङ जिल्लाको ६३ किमी लामो सीमा क्षेत्रको दशगज्जा क्षेत्रमा नेपाल–भारतका सुरक्षाकर्मीले आ–आफ्नो क्षेत्रबाट संयुक्त रुपमा गस्ती सुरु गरेको मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले बताउनुभयो ।

नेपालतर्फको दशगज्जा क्षेत्रमा नेपाल प्रहरी र भारततर्फको क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले गस्ती गर्ने गरेको र केही समस्या आएमा संयुक्त रुपमा सुरक्षा समन्वय गर्ने गरेको प्रहरी प्रमुख भण्डारीले बताउनुभयो ।

नेपाल तर्फबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा भारतीय क्षेत्रमा भारतीय सुरक्षा बल परिचालन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ