मोरङमा प्रहरी कार्यालय नजिकै बम भेटियाे 

मोरङमा प्रहरी कार्यालय नजिकै बम भेटियाे 

  • मङ्लबार, असार १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

विराटनगर ,१३ असार ।

मोरङको बुढीगंगा गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय नेमुवा नजिकै अाज विहान बम फेला परेको छ । बुढीगंगा-४ मा रहेको प्रहरी कार्यालयबाट लगभग २० मिटरको दूरीमा कोसीराजमार्गको पूर्व पट्टी बम फेला परेको हो ।

प्रहरीले कुन प्रकारकाे बम फेला परेकाे हाे भन्ने बारे खुलाएको छैन । उत्त  बम नेपाली सेनाले निस्कृय पारेको प्रहरीले जनाएको छ । बम भेटिएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । प्रहरीले भने कुनै पनि क्षति पु¥याउने खालको नभइकन त्रसित बनाउनका लागि मात्रै बम राखिएको जनाएको छ ।

बम राख्नेको खोजी भइरहेको जनाउँदै प्रहरीले निर्वाचन विरोधी गतिविधि गर्नेले आतंक सिर्जना गर्न खोजेको दावी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ