बाढीले विद्युत्गृह र नहरमा क्षति पु¥याएपछि लघु जलविद्युत् परियोजना बन्द

बाढीले विद्युत्गृह र नहरमा क्षति पु¥याएपछि लघु जलविद्युत् परियोजना बन्द

  • मङ्लबार, असार १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

म्याग्दी, १३ असार । बाढीले विद्युत्गृह र नहरमा क्षति पु¥याएपछि म्याग्दीको मालीका गाउँपालिका–१ मा रहेको रुम खोला लघु जलविद्युत् परियोजना बन्द भएको छ ।

दरवाङ निस्कोट सडकबाट सोमबार राति आएको बाढीले ५१ किलोवाट क्षमताको परियोजनाको विद्युत्गृह र नहरमा क्षति पु¥याएको छ । विद्युत्गृहभित्र बाढी पसेको छ भने ५० मिटर नहर बाढीले पुरेको नेपाल रेडक्रस सोसाइटी फूलबारी उपशाखाका सभापति कमलनाथ शर्माले जानकारी दिनुभयो ।

परियोजना बन्द हुँदा निस्कोट, डाँडागाउँ, फूलबारी, महभिर, अदिभारा र दरवाङका करिब ५०० घरमा विद्युत् आपूर्ति बन्द भएको सभापति शर्माले बताउनुभयो । सडक निर्माणका क्रममा माटो व्यवस्थापन र ढल निकासका लागि नाली नबनाउँदा बाढी आएको स्थानीय बासिन्दाको भनाइ छ ।

सोही सडकबाट आएको बाढीले मालिका–१ घोर्सेका मानसिङ सापकोटा र गणेश पुनको घर जोखिममा परेको छ । मुक्ति पुन, छविलाल पुन, धनपति सापकोटा र हरदक्त आचार्यको धानखेत तथा भीमविक्रम मल्लको सुन्तलाबारी सडकबाट आएको बाढीले पुरिएको छ ।

यसैगरी बस्ती माथि खनिएको सडकका कारण पहिरो खस्न थालेपछि मालिका गाउँपालिका–३ अदिभाराका दुई घर जोखिममा परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी