दमककाे दुइ टाउँमा बम भेटियाे

दमककाे दुइ टाउँमा बम भेटियाे

  • मङ्लबार, असार १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

दमक , १३ असार ।

नेकपा (माओवादी केन्द्र)को तर्फबाट दमक नगरपालिकाका लागि प्रमुख पदमा उम्मेदवार बनेका रेवतराज पुरी ‘गगन’को घर नजिकै र अर्को एक ठाउँमा पनि बमजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको छ ।

दमक नगरपालिका–६ स्थित गगनको घर नजिकै र वडा नं २ स्थित हिमालय माविको सडकमा आज विहान बमजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । पुरीको घरदेखि २० मिटर उत्तरमा फेला परेको उक्त शङ्कास्पद वस्तु निष्क्रीय गर्न चुलाचुलीस्थित बाहिनी अड्डाबाट नेपाली सेनाको बम डिस्पोजल टोली आएको र जमीनमा खाल्डो खनी निष्क्रिय पारिएको प्रहरी नायब उपरीक्षक लिम्बूले बताए ।

दमक पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृहनगर पनि हो । झापामा पछिल्लो दुई दिनमा मतदाता तर्साउन शङ्कास्पद वस्तु राख्ने क्रम बढ्दै गएको छ ।यसअघि हिजो मात्रै पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडसहित झापाका पाँच स्थानमा शङ्कास्पद वस्तु फेला परेकोमा दुई स्थानमा बम नै भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ