धनगढी ,१३ असार । नेपाल कम्युनिस्ट पार्टीका कैलाली जिल्ला सदस्य चन्द्रबहादुर सिंह ‘सनराईज’ को बेवारिस बम विस्फोट हुँदा मृत्यु भएको छ ।
सेती ब्युरो कमाण्ड इन्चार्ज ओमप्रकाश पुनका अनुसार धनगढीकाे जिएच एण्ड सन्स हाेटेल अगाडी शंकास्पद बस्तुबाट अातंक सृजना भएपछि उठाएर नालामा फाल्ने क्रममा बिस्फोट हुँदा सिंह घाइते भएका थिए । धनगढीस्थित सेती अंचल अस्पतालमा उपचारको क्रममा सिंहको सोमबार राति ११ बजे मृत्यु भएको थियो ।
इन्चार्ज पुनले एक विज्ञप्ति जारी गरेर सिंह अाफैले बोकेको बम विस्फोट भएको भन्ने सञ्चारमाध्यमहरुमा अाएको समाचारको खण्डन गरेका छन् । उनले अाफ्नो पार्टीलाई जबरजस्त पार्टीविरुद्ध भ्रम सिर्जना गर्न प्रचार गरिएको बताए ।
धनगढी उपमहानगरपालिका वार्ड नम्बर १२ सी गाउँ निवासी सिंहको मृत्युले पार्टीलाई क्षति पुगेको बताउँदै पुनले परिवारप्रति समवेदन ब्यक्त गरेका छन् ।