इटहरी, १२ असार ।
सुनसरीको इटहरीमा साेमबार एक महिलाको शब फेला परेको छ। २९ वर्षीया रञ्जु ठकुरीको शब पोखरीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ ।
इटहरी ४ स्थित कुमार फुदोङको लिची बगैँचाको पोखरीमा भेटिएकाे उनकाे शवकाे तिघ्रामा निलडाम छ भने पानीले जिउ सुन्निएको छ। कसैले हत्या गरी फालेको हुन सक्ने अनुमान गरिएको छ।
उक्त बगैँचा पूर्व जर्नेल कुमार फुदोङको हो। फुदोङ माओवादी केन्द्रबाट सुनसरी क्षेत्र नं. २ का सविधान सभा सदस्य पदका उम्मेदवार समेत थिए। केही समयअघि उक्त बगैँचामा रिसोर्ट समेत चलेको थियो । केही महिना सञ्चालनमा आएर बन्द भएको रिसोर्टमा काम गर्ने गरेको स्थानियले बताएका छन्।
यता गोरखामा बस्दै आएका रञ्जुका श्रीमानले भने आफूहरु ९ महिनाअघि नै छुट्टिइसकेको बताउनुभएको छ। तीन दिनअघि मात्र श्रीमानलाई भेट्न गोरखा पुगेकी रञ्जु काठमाडौ जान्छु भनेर हिडेको बताइएको छ।