देशलाई कदापि बिखण्डन हुन दिँदैनाैँ : प्रधानसेनापति

देशलाई कदापि बिखण्डन हुन दिँदैनाैँ : प्रधानसेनापति

  • सोमवार, असार १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ, १२ असार । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सेनाले मुलुकलाइ कदापि बिखण्डन हुन नदिने दृढता व्यक्त गर्नुभएकाे छ । राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको तस्बिर सर्वोच्च शिखर सगरमाथाको चुचुरामा पु¥याउने कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पाकाे सम्मानमा अायाेजित कार्यक्रममा बाेल्दै उहाँले  नेपाली सेनालाई पनि संविधानले नै राष्ट्रिय एकता, सुरक्षा गर्ने जिम्मेवारी दिएकोले कदापि बिखण्डन हुन नदिने दृढता व्यक्त गर्नुभयो ।

रुक्माङ्गत कटवाल ट्रस्टले यस वर्षको वसन्त ऋतुमा पृथ्वीनारायणको तस्बिर, राष्ट्रिय झन्डा तथा नेपाली सेनाको झन्डा सगरमाथामा पु¥याएबापत आरोही शेर्पालाई सम्मान गरेको हो । ट्रस्टका तर्फबाट सम्मान गर्दै प्रधानसेनापति  क्षत्रीले चुनौतीपूर्ण आरोहणको कीर्तिमानबाट नेपाललाई विश्वमा पहिचान गराउने आरोहीको महत्वपूर्ण भूमिकाको सराहना गर्नुभयो ।

पूर्वप्रधानसेनापति एवम् ट्रस्टका अध्यक्ष रुक्माङ्गत कटवालले नेपालको स्वतन्त्रता र अविभाज्यतालाई सूर्यचन्द्र रहेसम्म कायम गर्न सबै नागरिक लाग्नुपर्नेमा जोड दिनुभयो ।

सम्मानित आरोही शेर्पाले सगरमाथा आरोहणलाई व्यवस्थित गरी आरोहीको जीवन निर्वाह गर्ने आधार तय गर्न सरकारसमक्ष आग्रह गर्नुभयो । शेर्पा सेफर्डस प्रालिका तर्फबाट शेर्पाले गत जेठ ६ गते सगरमाथाको चुचुरामा पुगेर तस्बिर झन्डा फहराउनुभएको थियो । उहाँले यससहित १६ पटक आरोहण गरिसक्नुभएको छ ।

कार्यक्रममा हिउँचितुवाका नामले विश्वभर परिचित १० पटकसम्म बिनाअक्सिजन सगरमाथाको सफल आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही आङ्रिता शेर्पालाई गिनिज बुक अफल वल्र्ड रेकर्डसको प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी प्रथम गुरुङ महिला सगरमाथा आरोही माया गुरुङ, प्रथम तामाङ महिला सगरमाथा आरोही कान्छी माया तामाङलगायत आरोहीलाई पनि सम्मान गरिएको थियो । त्यस्तै साहसिक पर्वतारोहण गरी नेपालको नाम विश्वसामु चिनाउने कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पा र शेर्पा सेफेर्डस प्रालिलाई ट्रस्ट एवम् नेपाली सेनाका तर्फबाट कदरपत्र प्रदान गरिएको थियो । ‘हिउँचितुवा’ आङ्रिता शेर्पा, २१ पटकसम्म सगरमाथा चढ्ने कीर्तिमानी कामीरिता शेर्पालगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ