तीन करोडको लगानीमा बहुउद्देश्यीय होटल

तीन करोडको लगानीमा बहुउद्देश्यीय होटल

  • सोमवार, असार १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

पोखरा, १२ असार । पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ विरौटामा रु तीन करोडको लगानीमा भोजन, आवास, सङ्गीतका साथै टुर्स एण्ड ट्राभल्स र फ्रेस हाउसको सुविधा एकै स्थानबाट दिने गरी होटल रिदम एण्ड अर्गानिक रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।

होटल तथा रेष्टुरेन्ट सञ्चालनबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा निर्देशक दीपक पौडेल शर्माले आर्थिकरुपमा स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सोचका साथ आफूले होटलमा लगानी गरेको बताउनुभयो ।

“तत्कालका लागि रिदम फ्रेस हाउस, प्रतिभा टुर्स एण्ड ट्राभल्स, सुविधायुक्त लज र सभाहल सञ्चालनमा ल्याइएको छ,” उहाँले भन्नुभयो, “केही दिनमा नै दोहोरी साँझ सञ्चालनमा ल्याउने तयारी गरेका छौँ ।”

रेष्टुरेन्टमा आफ्नै फ्रेस हाउस भएकाले अतिथिलाई लोकल मासु खुवाउन सकिने बताउँदै उहाँले पर्वतको कार्कीनेटासहित कास्कीको भरतपोखरी, कृष्टिलगायत ठाउँबाट प्राङ्गारिक फलफूल तथा तरकारी ल्याएर खुवाइने बताउनुभयो ।

होटलमा १५० जना क्षमताको सभाहल र २५ जना क्षमताको विशिष्ट बैठक कक्षसमेत रहेको छ । त्यस्तै, होटलमा छ डिलक्ससहित सातवटा कोठा रहेकाछन् । एउटा कोठाको न्यूनतम रु ८०० देखि दुई हजारसम्म शुल्क निर्धारण गरिएको अध्यक्ष करिष्मा बरालले जानकारी दिनुभयो ।

अठ्ठाइस जनालाई रोजगारी प्रदान गरिने होटल तथा रेष्टुरेन्टमा साँझमा मनोरञ्जन र जमघटका लागि रिदम दोहोरी एवम् मेलोडी साँझ समेत केहिदिन भित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी