नेपाली काँग्रेसका उम्मेदवार पदम गिरीको घरमा शक्तिशाली बम फेला परेपछि स्थानीय प्रशासनले सो क्षेत्रमा कर्फ्यु जारी गरेको हो । विहान पाँच बजेदेखि साँझ ७ बजेसम्म कर्फ्यु जारी गरेको बताइएको छ ।
विवादित छविका गिरी ठेकेदार समेत हुन् । उनले कामदारको ज्याला नतिरेको तर चुनावमा मतदातालाई पैसा बाँड्न थालेपछि पीडित विरोधमा उत्रेका थिए ।
बम सेनाको टोलीले डिस्पोज गरेको छ । बम कसले राखेको हो भन्ने केही खुलेको छैन ।
कामदारको पारिश्रमिक दिन नेपाल कम्युनिस्ट पार्टीले दवाव दिँदै अाएको थियो ।