विशेष आर्थिक क्षेत्र निर्माणका लागि जग्गा छनोट गर्न जोड

विशेष आर्थिक क्षेत्र निर्माणका लागि जग्गा छनोट गर्न जोड

  • सोमवार, असार १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

नुवाकोट, १२ असार । नुवाकोटमा विशेष आर्थिक क्षेत्र (सेज) निर्माणका लागि तत्काल स्थान छनोट गर्न जिल्लाका सरोकार भएकाहरुले आग्रह गरेका छन् ।
जिल्लामा राजनीतिक दलका नेता र उद्योगी व्यवसायीहरुले विशेष आर्थिक क्षेत्र निर्माणको
हल्ला चलेको एक दशक भइसकेको तर काम भने अघि नबढेकामा प्राधिकरणप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजन श्रेष्ठ नुवाकोट त्रिदेशीय पारवहन विन्दुका रुपमा रहेकाले पनि सेजले सफलता पाउने र नुवाकोटले आर्थिक विकासमा फड्को मार्ने बताउनुहुन्छ । नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष धननारायण चित्रकारले अब तत्काल जग्गा प्राप्तिको प्रक्रियामा लाग्न आग्रह गर्दै भन्नुभयो “कुन ठाउँ उपयुक्त हुन्छ, जग्गा प्राप्तितर्फ लाग्नुपर्छ । बनाउने नै हो भने तत्काल काम थाल्नुपर्छ ।”
आर्थिक क्षेत्र निर्माणको उचित समय आएको बताउँदै राजनीतिक दल तथा उद्योगीले जतिसक्दो चाँडो निर्माण प्रक्रिया अघि बढाउन पं्राधिकरणसँग आग्रह गरेका छन् । विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकाका केही समथर भागमा गरिएको अध्ययनका आधारमा प्राधिकरणले विशेष आर्थिक क्षेत्रका बारेमा जानकारी गराएको छ । यहाँका बट्टार, पिपलटार, तल्लो पिपलटार, महादेवफाँट, रातमाटे, कासीटार, राइसिं, चण्डीपोखरी, फिर्केपलगायत स्थान विशेष आर्थिक क्षेत्र निर्माणका लागि प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले बताउनुभयो ।
उद्योगी तथा राजनीतिक दलका नेताले नुवाकोटको भूगोलअनुसार स्थान छनोट गरी सम्भाव्यता अध्ययनको कामलाई अझै विस्तृत बनाउनुपर्ने बताएका छन् ।
नेपाली काङ्ग्रेसका पूर्व जिल्ला सभापति धु्रव अधिकारीले उद्योग करकारखाना स्थापनाका लागि राजनीतिक वातावरण राम्रो हुनुपर्ने बताउनुभयो । नेकपा(एमाले) नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडाले आर्थिक क्षेत्र निर्माणका लागि सही समय आएको बताउँदै यसका लागि सबै मिलेर सुरु गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नयाँ शक्ति नेपालका गोकर्णनाथ न्यौपानेले देश विकास र समृद्धिको चरणमा रहेकाले अब सबै मिलेर नुवाकोट बनाउने अभियानमा सहभागी हुनुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी